भदौ २२, काठमाडौँ | केही दिनयता तीव्ररुपमा फैलिँदै गएको डेंगी सातै प्रदेशका ६ हजार ७०७ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ७५ जिल्लाका ६ हजार ७०७ जनामा डेंगी पुष्टि भएको हो। हजारौंमा डेंगीको लक्षण देखिएको छ।

साउन दोस्रो सातादेखि काठमाडौंमा डेंगी देखिन थालेको हो। अहिले भने सातै प्रदेशका ७५ जिल्लामा डेंगी पुष्टि भएको मन्त्रालयले जनाएको छ। डेंगीको संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा देखिएको छ। अहिलेसम्म बागमतीका पाँच हजार ६६ जनामा डेंगी देखिएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, लुम्बिनीमा ९३३, प्रदेश १ मा २५६, सुदूरपश्चिममा १६१, गण्डकीमिा १२८, मधेशमा ११९ र कर्णालीमा ४४ जनामा डेंगी देखिएको छ। नेपालमा पहिलो पटक २०६१ सालमा डेंगी देखिएको थियो। त्यसयता वर्षेनी डेंगीको संक्रमण देखिँदै आएको छ। यस वर्ष भने प्रकोपकै रुपमा फैलिन थालेको छ।

डेंगीको प्रकोप देखिएका जिल्लामा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ। विशेष गरेर डेंगीको संक्रमण देखिएका सातै प्रदेश, ७५ वटै जिल्ला र १३९ स्थानीय तह अभियान शुरू गरिएको छ।

Related News