भदौ २७, काठमाडौँ | सार्वजनिक निकायले पटकपटक ताकेता गर्दा पनि समयमा निर्माण कार्य सम्पन्न नगर्ने १२ वटा निर्माण व्यवसायीलाई कालोसूचीमा राखिएको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि समयमा काम सम्पन्न नगर्ने कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा रहेका कम्पनीहरुमा देवेन्द्र तेल उद्योग, धर्यता निर्माण कम्पनी, किसान-रक्ताकाली पावर क्वालिटी जेभी, हर्कदेवी बिल्डर्स र प्यासेफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी रहेका छन्। यसैगरी पृथ्वी कन्स्ट्रक्सन, रन्नुभन्नु कन्स्ट्रक्सन एन्ड सप्लायर्स, रोज कन्स्ट्रक्सन, सानोभेरी निर्माण सेवा, लामा बिल्डर्स कम्पनी, च्याङला कन्स्ट्रक्सन र सुन्दरी निर्माण सेवा रहेका छन्।

यी कम्पनीले सडक, सहरी विकासको भवन, दुग्ध संस्थानलगायतको काम समयमा नगरेका कारण कालोसूचीमा राखिएको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका कम्पनीहरूले ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैनन् । यीमध्ये अधिकांश कम्पनीहरू सडक निर्माणको क्षेत्रमा संलग्न छन् । यी कम्पनीहरू ६ देखि १ वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।