पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ३०, काठमाडौँ | काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र १ असोजदेखि धूमपान निषेध गर्ने भएको छ । महानगरपालिकाले बिहीबार सूचना निकालेर १ असोजदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्पा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाउने जनाएको हो ।

सार्वजनिक स्थललाई धूमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग अनुरोधसमेत गरेको छ ।

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिबाना तिराइनेसमेत सूचनामा उल्लेख छ ।