सर्लाहीमा दुई समूहबीच झडप, एक जनाको मृत्यु

साझासवाल

मङ्सिर ४, सर्लाही | सर्लाहीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

गोडैटा नगरपालिका–६ मा दुई समूहबीच झडप हुँदा गोडैटा नगरपालिका–६ का ६५ वर्षीय राम केवल रायको मृत्यु भएको हो । शनिबार राति झडपमा परी गम्भीर घाइते भएका रायको उपचारका क्रममा आइतबार जनकपुरमा मृत्यु भएको हो ।

घटनामा दुवैतर्फबाट ढुंगामुडा भएको प्रहरीले जनाएको छ । झडपमा परी दुवै समूहका आधा दर्जन घाइते भएका छन् । घाइतेहरूको जिल्लाको प्रदेशिक अस्पताल मलंगवा तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए ।

झडपमा संलग्नमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Comment

Leave a Reply