2026-08-29 05:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा मतदान जारी (१२ तश्वीर)

मङ्सिर ४, धादिङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ । नयाँ संविधान जारी भएपछिको दोस्रो सङ्घीय र प्रादेशिक चुनाव अन्तर्गत देशैभरि आइतवार मतदान भइरहेको छ। 

प्रतिनिधिसभा र सातवटै प्रदेशका प्रदेशसभा सदस्य लागि ५,६०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्। देशभरि २२ हजार २ सय भन्दा बढी मतदान केन्द्रमा आज मतदान हुँदैछ । जहाँ कुल १,७९,८८,५७० मध्येमे मतदान गर्दैछन् ।

मतदान सकिएपछि आइतवार साँझबाटै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

देशभर मतदान जारी रहंदा धादिङको ज्वालामुखी वडा नम्वर ५ मैदान स्थित मतदान केन्द्रमा मतदान भईरहेको सहित केहि तश्वीरहरु हेर्नुहोस् । 

तश्विरहरु: अनिल अधिकारी/धादिङ 

मतदानको लागि एक बृद्धालाई स्ट्रेचरमा लगिदै ।

मतदान केन्द्र नजिकै राजनीतिक गफगाफमा गफिदै स्थानीयहरु बुबाहरु । 

मतदान केन्द्रमा स्थानीय उत्पादन बिक्रि गर्दै एक महिला ।

मतदान केन्द्र अगाडी देखिएको एक दृश्य ।

गाउँघरमा अहिले कोदो टिप्ने बेला भएको छ । आज निर्वाचनको दिन सबै काम छोडेर स्थानियहरु मतदानमा होमिएका छन् ।

मतदान स्थलबाट देखिएको उत्तरतर्फको मनमोहक दृष्य ।

मतदान केन्द्र नजिकै घामको पारिलोमा घाम ताप्दै स्थानिय आमाहरु ।

मतदान केन्द्र नजिकै एकापट्टी एक्लै आएर चुरोटको तलतल मेट्दै एक आमा । (धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ ।)

मतदान केन्द्रमा आफ्नो उत्पादनको बिक्रि गर्दै एक स्थानीय कृषक । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो