माघ १०, काठमाडौँ | बानेश्वरस्थित संसद् भवनअगाडि एक व्यक्तिले मंगलवार आफैंलाई आगो लगाएका छन् ।

झोलामा बोकेर ल्याएको प्रज्ज्वलनशील पदार्थ (सम्भावित पेट्रोल) खन्याएर उनले शरीरमा आगो लगाएका हुन् ।

जल्दै गरेको अवस्थामा उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार उनको नाम प्रेमप्रसाद आचार्य र घर इलाम हो । उनको उमेर अन्दाजी ४० वर्ष छ ।

संसद् भवनअगाडि एक पुरुषले आफैंलाई लगाए आगो
Leave a Comment