माघ १०, काठमाडौँ | मंगलबार दिउँसो गएको भूकम्पले बाजुरा र बझाङमा घरहरू भत्किएको छ।

बाजुराको बडिमालिका नगरपालिकामा दुई घर भत्किएको छ। नगरपालिकाको वडा नम्बर ९ का हर्क गुरूङ र वडा नम्बर ७ का हरिचन्द पाध्यायको घर भत्किएको हो।

मानवीय क्षति केही नभएको प्रहरी प्रमुख डीएसपी सूर्य थापाले जानकारी दिए। केन्द्र बिन्दु रहेको बिच्छायामा प्रहरी र स्थानीयसँग सम्पर्क हुन नसकेको डीएसपी थापाले बताए।

आज बिहानदेखि बाजुरामा बत्ती टेलिफोन छैन उच्च हिमाली क्षेत्रमा हिमपात र बेसीतिर पानी परिराछ।

यसैगरी बझाङको पुरानो कृषि ज्ञान केन्द्र तथा अहिलेको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मले प्रयोग गर्दै आएको भवन भत्किएको छ।

बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। दिउँसो २ बजेर ४३ मिनेट भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

Related News