२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल राष्ट्रिय फुटबल टिमकोच राजुकाजी शाक्य बेलायतमा

२०७४, ९ जेष्ठ मंगलवार ०२:२२

सुरेन्द्र ईङनाम  | केन्ट, बेलायत | गत २२ मे २०१७ को साँझ लन्डन हिथ्रो एयरपोर्टमा “एफ सी केन्ट भेटेरेन, बेलायत” को स्पोन्सरमा नेपाल राष्ट्रिय फुटबल टिमकोच तथा सहायक मेनेजर राजुकाजी शाक्य बेलायत आई पुगेका हुन ।


फुटबल खेलबाट नेपाल राष्ट्रलाई प्रतिनिधित्व गर्ने, राष्ट्रकै गहना फुटबल खेलाडी राजुकाजी शाक्यले सन १९८१ सालबाट शुरु गरेर सन १९९७ सम्म खेलाडीको रुपमा नेपालकै ईतिहासमा सबै भन्दा लामो समय सम्म खेल्नु भयो । वहाले राष्ट्रिय टिममा खेल्न थाले लगत्तै सन १९८४ मा पहिलो साफ गेम जितेको थियो, सन १९९३ मा वहाको टिम क्याप्टेनमा दोस्रो साफ गेम जितेको हो । पछिल्लो समयमा आएर नेपाल राष्ट्रिय फुटबल टिमको कोच गर्दै आएका राजुकाजी शाक्य एक कुशल कोचको रुपमा पनि चिनिन्छन, जुन ज्यलन्त उदाहरण सन २०१६ मा भएको भएको साफ गेमको उपाधि नेपालले हात पारेको हो ।

बेलायतमा नेपाली समुदाय बिच फुटबल खेल केहि वर्ष यता बाट उत्साह पुर्बक बडिरहेको छ । यसै सन्दर्भमा “फुटबल क्लब केन्ट भेटेरेन” को स्थापना २०१४ मा भए यता यस क्लबले २ वर्ष भित्रै धेरै टुर्नामेन्टहरु जितेर छोटो समयमै ख्यातिप्राप्त गरि एक उदाहरणिय क्लब बनेको छ । यसैलाई अवसर पारेर बेलायतको नेपाली समुदाय बिचको फुटबल खेललाई अवलोकन गर्न साथै नेपाल राष्ट्रिय फुटबल टिमकोच राजुकाजी शाक्य लाई सम्मानार्थ र “एफ सी केन्ट भेटेरेन, बेलायत” को प्रोमोसनको लागी राजुकाजी शाक्यलाई “एफ सी केन्ट भेटेरेन, बेलायत” ले स्पोन्सर गरि बेलायत ल्याएको हो । बेलायतको भिषा मिलाउन ज्यादै झन्झटिलो र धेरै प्रावधानलाई बिचार गर्नुपर्ने भएकोले यस कार्यलाई टिमका सहायक मेनेजर भास्कर राई र सचिव छबिन्द्र चोङ्बाङलाई केहि जिम्मेवारी दिईएको थियो । यस्का अलवा नेपाल तथा बेलायतका मेडियाहरुसँग सम्पर्कका लागी पनि भास्कर राईलाई क्लबले जिम्मा दिए अनुसार बि एफ बि एस नेपाल काठमाण्डौमा फुटबल खेलबाट नेपाल राष्ट्रलाई प्रतिनिधित्व गर्ने, राष्ट्रकै गहना फुटबल खेलाडीको छोटो अन्तरर्वाताको लागी समय माग्दा वहाको अन्तर्वाता प्रसारण गर्न नमिल्ने भनिए पछि गुनासो मान्दै राष्ट्रलाई प्रतिनिधित्व गर्ने, एक मात्र राष्ट्रको गहनाको अन्तर्वाता नलिई गायक र गायिकाको अन्तर्वाता लिएर प्रसारण गरिएको भनि गुनासो पनि पोख्नु भयो । 

राजुकाजी शाक्यको बेलायतको भिषा ६ महिनाको भएपनि समयको अभावले छोटो समय मात्र लिएर आउनु भएको कुरा टिम मेनेजर बुद्धी कुमार सुनुवारले जनाउनु भयो । लन्डन हिथ्रो एयरपोर्ट बाट फोक्स्टनको लेमन लिफ रेष्टुरा आएर साँझको रात्रि भोजमा बोल्ने क्रममा राजु काजी शाक्यज्यूले “वहाले धेरै ठाउहरुमा सम्मान पाई सकेको तर “एफ सी केन्ट भेटेरेन, बेलायत”ले बेलायत बोलाएर सम्मान दिनु भएको यो अहिले सम्मकै सबैभन्दा ठुलो सम्मान हो” भनि वहाले बताउनु भयो । एयरपोर्टमा स्वागत गर्न आउनु भएको गोर्खा कप कोर्डिनेटर पिताम्बर गुरुङले यहि आउदो आइतवार हुन गईरहेको बेलायतको सबैभन्दा ठुलो खेल गोर्खा कपमा वहालाई विषेश अतिथिमा आसन गराउन “एफ सी केन्ट भेटेरेन, बेलायत”लाई स्विकृति लिदै राजु काजी शाक्यलाइ जानकारी दिनु भएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी