पढ्न करिब 1 मिनेट लाग्छ

असार १८, काठमाडौं । बेल्जियमलाई हराउँदै वेल्स युरोकप २०१६ को सेमिफाइनल चरणमा प्रवेश गरेको छ । उसले समूहबिजेता बन्दै १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल पुगेको पछी पहिलो पटक ठूलो प्रतियागिताको यो नै ठूलो उपलब्धि हाँशिल गरेको हो ।

आज विहान भएको खेलमा वेल्सले बेल्जियमलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । लिलेमा भएको खेलमा बेल्जियमले राम्रो सुरुवात गरेको थियो । र, १३ औं मिनेटमा नै राड्जा नारिनगोलान्डको गोलबाट अग्रता लिएको थियो ।

तर, यो बेल्जियम वेल्ससँग टिकेर खेल्न नसक्दा नतिजा उल्टो बन्यो । ३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल फर्काए त्यस्तै खेलको ५५ औं मिनेटमा हल रोब्सन कानुले गोल गरे भने अर्को तेश्रो गोल ८५ औं मिनेटमा साम भोक्सले गरे ।