धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

Posted on: 22 May, 2022

जेठ ८, सुनसरी | धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । उनले २० हजार ८२१  मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९  मत प्राप्त गरे । 

त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा विजयी भए । उनले २० हजार ५१०  मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा  एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!