सुनसरीको भुटाहामा ३१ राउण्ड हवाई फायर, चार जना घाइते

Posted on: 05 Apr, 2024

चैत २३, विराटनगर । सुनसरीको भुटाहामा दुई समूहबिचको झडपमा परी ४ जना घाइते भएका छन् । झडप नियन्त्रण गर्न ३१ राउन्ड हवाई फायर गरेको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमन तिम्सिनाले जानकारी दिए । 

झडपमा ढुङ्गा लागेर हरिनगराका ४ जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ । घाइते तीन जनाको विराटनगरमा र एक जनाको इनरुवा  अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडा लक्षित गर्दै निषेधाज्ञा जारी गरेको थियो । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला जम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन उल्लेख छ । 

सो क्षेत्रमा गत चैत २२ गते एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो । दुई समूहबिच बढेको विवादले उग्ररुप लिने भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!