साउन ३२, दमौली । तनहुँको ऋषिङ गाउँपालिका–५ सपाङ्दीलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा गरिएको छ । कृषिको माध्यमबाट जनताको आर्थिक स्तर सुधार गर्ने र प्रत्येक स्थानीय तहलाई नमूना बनाउने उद्देश्य सहित गण्डकी प्रदेश सरकारको सहयोगमा सपाङ्दीलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा गरिएको ह
Read Moreसाउन २५ दमौली। गण्डकी प्रदेश सरकारले किसानको वर्गीकरणको तयारी शुरु गरेको छ । कृषि क्षेत्रको विकास र वास्तविक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले किसानको वर्गीकरण गर्न लागेको हो । तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक कृषि सहकारी संस्थाका कृषकलाई अनुदान वित
Read Moreसाउन २५, तनहुँ । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा पशुपक्षी सहकारीमन्त्री लेखबहादुर थापाले लगानीको अभावमा विमुख र बेरोजगार भएर बस्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित याम्पामा गाउँपालिकाद्वारा सहकारीमार्फत दूध उत्पादनमा प्रतिलिटर रु एक अनुदान वितरण तथा पशु से
Read Moreसाउन २२, तनहुँ | तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार हुँदै वडा नं ६ सम्म पुग्ने झापुटार–चालिसे सडक तीन हप्तादेखि अवरुद्ध भएको छ । गत असार २९ गते र त्यसपछि परेको वर्षापछि आएको पहिराले उक्त सडक अवरुद्ध भएको हो । पहिराले विभिन्न पाँच ठाउँमा ठूला–ठूला ढुङ्गा झरेको छ भने लेदो माटो जम्मा भएको ऋषिङ–४ का वडाध
Read Moreसाउन २१, दमौली । गत असार २९ गतेको पहिराले खानेपानीको पाइप क्षति पुगेपछि अवरुद्ध भएको यहाँको खानेपानी २२ दिनपछि पूर्ण रुपमा सञ्चालन भएको छ । व्यास नगरपालिका–४ स्थित बैरेनीमार्गमा पहिराले पाइप क्षति पुगेपछि दमौलीमा खानेपानीको हाहाकार भएको थियो । पहिराले जिआइ पाइप बगाएको ठाउँमा ढलान गरिएपछि मङ्गलबार सा
Read Moreसाउन १६, दमौली। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा होटल सञ्चालन गरेका व्यवसायीले पर्यटक आकर्षित गर्न छुट प्याकेज ल्याउने तयारी गरेका छन् । कोभिड–१९ को जोखिमका कारण चार महिनादेखि बन्द रहेका यहाँका होटल सञ्चालन गर्ने तयारी गरिएसँगै व्यवसायीले पर्यटक आकर्षण गर्ने प्याकेज ल्याउने तयारी गरेका हुन् । बन्दाब
Read Moreसाउन १४, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिराका कारण आज बिहानदेखि अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्
Read Moreसाउन ९, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा भाँसिएको सडक मर्मत गर्नका लागि ठूला मालबाहक गाडी चलाउन रोक लगाइएको छ । निरन्तर परेको वर्षाका कारण मङ्गलबार राजमार्ग भाँसिएपछि सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ । सडक मर्मतका लागि शुक्रबार र शनिबार ठूला मालबाहक गाडी चलाउन
Read Moreसाउन ९, काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो । अविरल वर्षा पछि बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अ
Read Moreसाउन ६, दमौली | आइतबारदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिराका कारण राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्ष
Read Moreकृष्ण न्यौपाने। साउन ५, दमौली। पहिराले तनहुँको डुम्रे–बेसीँशहर सडकखण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरा झरेपछि डुम्रे–वेशीशहर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको हो । भानु नगरपालिका–३ चाम्बासस्थित रिडिखोला नजिक खसेको पहिराले सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भानु मु
Read Moreसानेबहादुर नेपाली। साउन ३, तनहुँ । बन्दिपुर गाउँपालिकाले दश हजार बाख्रालाई ‘पिपिआर खोप’लगाएको छ । गाउँपालिकाभित्र रहेका छवटै वडाका टोलटोलमा प्राविधिक पुगी बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाएका हुन् । सो रोग लागेपछि बाख्रालाई बचाउन नसकिने हुँदा रोग लाग्नु अगावै अग्रिम खोप लगाउने अभियान थालि
Read Moreसाउन १, तनहुँ । तनहुँको भिमाद नगरपालिका–६ स्थित क्याम्पस रोड नजिकै निर्माण गरिएको भिमाद रङ्गशालामा शौचालय निर्माणकार्य सम्पन्न भएको छ । जिल्लाकै ठूलो दाबी गरिएको भिमाद रङ्गशाला भवन निर्माणपछि शौचालय निर्माण गरिएको हो । शौचालय निर्माणपश्चात उक्त क्षेत्रमा खेलकूदका लागि आउनेका लागि सहज भएको छ । गण्डकी
Read Moreअसार २५, दमौली। तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि कूल रु ५५ करोड पाँच लाख ८२ हजार ४०० को अनुमानित बजेट पारित गरेको छ । बुधबार आयोजित गाउँसभाले आगामी वर्षका लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो । गाउँसभाले पूँजीगततर्फ रु १४ करोड ५३ लाख ८२ हजार
Read Moreअसार २४, दमौली । तनहुँको सदरमुकाममा रहेको दमौली अस्पतालको स्तरोन्नतिका लागि सरोकारवालाले एकमत जनाएका छन् । जग्गा अभावमा लामो समयदेखि स्तरोन्नति हुन नसकेको अस्पताललाई जग्गा प्राप्ति गर्ने अभियानमा सबैले साथ र सहयोग दिने प्रतिवद्धता जनाएका हुन् । दमौली अस्पताल व्यवस्थापन समितिले आज यहाँ आयोजना गरेको छ
Read Moreअसार १९, दमौली। प्लाष्टिकका झोला वातावरण प्रदूषण गराउने विषयलाई सचेतना जगाउँदै डिभिजन वन कार्यालय तनहुँले कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको छ । स्वच्छ वातावरण अभियानअन्तर्गत वन कार्यालयले प्लाष्टिकको झोला निषेध गर्दै कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको हो । प्लाष्टिकको प्रयोगले मानिसको जनजीव
Read Moreअसार १८, दमौली। तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७६÷७७ मा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको छ । कूल रु १६ करोड छ लाख ९६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको नगरपालिकाले गत जेठ मसान्तसम्म लक्ष्यभन्दां करीब रु छ करोड कम राजश्व सङ्कलन गरेको हो । जेठ मसान्तसम्म रु १० करोड १९ लाख २६ हजार ९
Read Moreअसार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ । नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व
Read Moreअसार १२, तनहुँ | तनहुँको देवघाट गाउँपालिकाले साना उद्योगीका लागि सहुलियत दरमा रु ८० लाख ऋण प्रवाह गरेको छ । गाउँपालिकाले रोजगारीका लागि ४० जना साना उद्योगीका लागि सहुलियत दरमा ऋण प्रवाह गरेको जनाएको छ । व्यवसाय गर्न चाहने तर पैसाको अभाव भएका उद्यमी छनोट गरी उनीहरुलाई छ प्रतिशत ब्याजमा ऋण लगानी गरिएक
Read Moreअसार ११, दमौली। तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि रु एक अर्ब ५२ करोड ९७ लाख ५१ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित ३३ औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्यय विवरण सार्वजनिक गर्नुभएको हो । चालु आर्थिक वर्षमा कोरोना भाइरसका
Read Moreअसार ९, दमौली। तनहुँको देवघाट गाउँपालिकाले आगामी आव २०७७÷७८ का लागि कृषि, रोजगारी र शिक्षामा जोड दिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आवको नीति तथा कार्यक्रममा कृषि तथा पशुपक्षी, रोजगारी र गरिबी निवारण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको हो । गाउँपालिकाले कृषिलाई आर्थिक विकासक
Read Moreअसार ९, तनहुँ। सुक्खा पहिरोका कारण पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनीअन्र्तगत पर्ने राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध बनेपछि सयौँ सवारी साधन रोकिन पुगेका छन् । केही दिनयता परेको अव
Read Moreअसार ९, दमौली | गण्डकी प्रदेश सरकारले तनहुँको सदरमुकामस्थित दमौली अस्पताललाई रु एक करोड ४३ लाख ६४ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि अस्पताललाई उक्त बजेट विनियोजन गरेको हो । अस्पताल सुदृढीकरण, आँखा सेवा, डायलायसिस सेवा, एम्बुलेन्स खरिद, औषधि खरिदलगायतका शीर्षकमा
Read Moreअसार ८, तनहुँ । बन्दीपुर गाउँपालिका छ वटै वडामा बाख्रालाई पिपिआर (गोट प्लेग) भ्याक्सिन दिन शुरु गरिएको छ । बाख्रामा महामारी लागेपछि उपचार नहुने भएकाले अग्रिम भ्याक्सिन लगाउन थालिएको हो । गाउँपालिकामा बाख्रापालन व्यवसाय पछिल्लो समय फष्टाउँदै गएको छ । सुरक्षाको दृष्टिले पनि अग्रिम भ्याक्सिन लगाउ
Read Moreअसार ६, तनहुँ | तनहुँको व्यास नगरपालिकाले कोभिड–१९ को नियन्त्रण, राहत वितरण र क्वारेन्टिन व्यवस्थापनका लागि रु एक करोडभन्दा बढी खर्च भएको जनाएको छ । कोभिड–१९ र बन्दाबन्दीबाट प्रभावित परिवारलाई राहत वितरण, क्वारेन्टिन व्यवस्थापन र उपकरण खरिदसमेतमा गरी रु एक करोड २७ लाख ४३ हजार ४४२ खर्च भएको नगरपालिका
Read Moreअसार १, तनहुँ । मुख्यमन्त्री नमूना कृषिगाउँ कार्यक्रम अन्तर्गत तनहुँको भिमाद नगरपालिका–९ भानुमतिस्थित सखेपमा स्थानीय जातका कुखुराका चल्ला उत्पादन गर्ने ‘ह्याचरी’ बनाउन थालिएको छ । हप्तामा दुई हजार ५०० चल्ला उत्पादन गर्ने उद्देश्यले थालिएको उक्त कामको ५० प्रतिशत निर्माण सम्पन्न भएको छ । त्यसका
Read Moreचैत २८, तनहुँ | यहाँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ । बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ । चामलको रङ कालो भएको र अमिलो गन्ध आएको राहत पाउने स्थानीयवासीले बताएका छन् । चामल तीनचार पटक पखाल
Read Moreमनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था
Read More