देवघाटधामको विकासमा सरकारले सहयोग गर्छ : अर्थमन्त्री महत

Posted on: 07 Oct, 2023

असोज २०, दमौली | अर्थमन्त्री डा. प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताएका छन् ।

तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रममा आज बिहान आयोजित कार्यक्रममा अर्थमन्त्री महतले देवघाट धार्मिक तीर्थस्थल भएकाले पूर्वाधार निर्माणमा सरकारको सहयोग रहने बताए ।

अर्थमन्त्री महतले गलेश्वर आश्रम नजिक गएको पहिरोको अवलोकन गरेका थिए । पहिरो नियन्त्रणका लागि सरकारले बजेट सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटको विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा आवश्यक बजेट विनियोजन गरिदिन मन्त्री महतसमक्ष आग्रह गरे । 

देवघाट विश्वभरका हिन्दू धर्मावलम्बीको गन्तव्यस्थल बन्दै गइरहेकाले यसलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा घोषणा गर्न थापाले अर्थमन्त्री महतको ध्यानाकर्षण गराए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!