तनहुँमा बस दुर्घटना हुँदा चालकसहित ३२ जना घाइते

Posted on: 04 Jan, 2024

पुस १९, काठमाडौं | वीरगञ्जबाट पोखरातर्फ गइरहेको यात्रु बस आज बिहान तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा दुर्घटना हुँदा चालकसहित ३२ जना यात्रु घाइते भएका छन् । आज बिहान करिब पौने ५ बजे वाग्मती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस पहिरो झरेको स्थान नजिकको सडकबाट करिब ५६ फिट तल खोलामा खसेको थियो ।

घाइतेहरुमध्ये २९ जनाको तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र बेलचौतारामा उपचार भइरहेको छ भने ३ जनालाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!