असोज ११, बग्दाद । पूर्वी बग्दादको सिया मुसलमान इलाकालाई लक्ष्यगरी मङ्गलबार सडककिनारमा राखिएको बम र आत्मघाती बम हमलामा परी कम्तीमा सात व्यक्तिको मृुत्यु भएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, बग्दाद । पूर्वी बग्दादको सिया मुसलमान इलाकालाई लक्ष्यगरी मङ्गलबार सडककिनारमा राखिएको बम र आत्मघाती बम हमलामा परी कम्तीमा सात व्यक्तिको मृुत्यु भएको छ ।&"/>
2026-06-20 02:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बग्दादमा बम आक्रमण ७ को मृत्यु, २५ घाइते

2016-09-27

असोज ११, बग्दाद । पूर्वी बग्दादको सिया मुसलमान इलाकालाई लक्ष्यगरी मङ्गलबार सडककिनारमा राखिएको बम र आत्मघाती बम हमलामा परी कम्तीमा सात व्यक्तिको मृुत्यु भएको छ । 

यस हमलाहरुमा परी सातको मृत्यु हुनुको साथै अन्य २५ व्यक्ति घाइते भएका प्रहरी र चिकित्सक स्रोतले जानकारी दिएको छ । पूर्वी बग्दादको जादिदा क्षेत्रमा सडककिनारमा रहेको बम विस्फोटन गराइएको थियो । 

त्यसैगरी न्यु बग्दाद जिल्लाको प्रहरी कार्यालयनजिकै विस्फोटन पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले सो आक्रमण गरेको बताइएको छ । 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर सिया मुसलमान समूदायविरुद्ध बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट समूहले नै यस्ता आक्रमण गराउँदै आएकोले यस आक्रमणमा पनि सोही समूहको हात रहेको प्रहरीले अनुमान गरेको छ । 

इराकमा अगस्टभरी भएका आतङ्ककारी घटनामा कम्तीमा ६९१ जनाको मृत्यु हुनको साथै अन्य एक हजार १६ जना घाइते भएका इराकको लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ । 

इराकको टिक्रिट सहरमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको एक दिन पछाडि पुनःगत आइतबार आत्मघाती आक्रमण भएको थियो । त्यसको दुई दिन पछाडी मङ्गलबार पुनःआत्मघाती बम हमला भएको छ । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ