Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ असोज २० गते, बिहान ४:११ बजे
काठमाडौँ - KTM

भारत-पाकिस्तान तनाब, भारतीय सैनिक क्याम्पमा फेरी अर्को हमला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २०, काठमाडौं । भारत-पाकिस्तान तनाब जारि भएसंगै आज बिहान ६ बजे हंदवाडाको भारतीय सैनिक क्याम्पको बाहिर गोलाबारी सुरु भएको छ । 

जम्मु-काश्मीर रहेको भारतीय सैनिक क्याम्पमा हमला भएको हो । भारतले पाकिस्तानसँगको सीमा क्षेत्रमा सर्जिकल स्ट्राइक गरेको दाबी गरेको एक साता नवित्दै सैनिक क्याम्पमाथि हमला भएको हो । 

हंदवाडामा ३० स्थित राष्ट्रिय राइफल क्याम्पमा हमला भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार विहान ३० राष्ट्रिय राइफल क्याम्पको मेन गेटमा अन्धाधुन्ध फायरिङ भएको थियो । आक्रमण कसले गरेको भन्नेबारे स्पष्ट भएको छैन ।

उडीमा सेनाको क्याम्पमा १८ सेप्टेम्बरमा भएको आतंकवादी हमला पछि भारत प्रशासित काश्मिरमा सैनिक क्यापमा भएको यो दोस्रो हमला हो । 

– फाइल फोटो