असोज २१, माइमी (हैटी) । हैटीमा म्याथुनामक आँधीका कारण मृत्यु हुने नागरिकको सङ्ख्या ३०० पुगेको यहाँको प्रशासनले बिहीबार जनाएको छ।

गत मङ्गलबार अकस्मात क्यारेवियन क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २१, माइमी (हैटी) । हैटीमा म्याथुनामक आँधीका कारण मृत्यु हुने नागरिकको सङ्ख्या ३०० पुगेको यहाँको प्रशासनले बिहीबार जनाएको छ।

गत मङ्गलबार अकस्मात क्यारेवियन क"/>

2026-06-24 01:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हैटीमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या तीन सय पुग्यो

असोज २१, माइमी (हैटी) । हैटीमा म्याथुनामक आँधीका कारण मृत्यु हुने नागरिकको सङ्ख्या ३०० पुगेको यहाँको प्रशासनले बिहीबार जनाएको छ।

गत मङ्गलबार अकस्मात क्यारेवियन क्षेत्रमा आएको सो आँधीका कारण यसक्षेत्रमा दर्जनौ मानिस वेपत्ता भएका छन् । हैटीको पनि आँधीबाट अति प्रभावित दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयको हताहती भएको र लाखौँ मानिस विस्थापित बनेका छन् । 

म्याथुका कारण हैटीमा करिव २९ हजार घरहरु पूर्णरुपमा भत्किएको वा पानी र लेदोले पुरिएका छन् । हैटीको दक्षिणी शहर जेरमीमा आँधीले व्यापक विपत्ति निम्त्याएको छ । यस सहरमा प्रायः सबै घर आँधीका कारण भत्किएका छन् । आँधीका कारण उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा चौपायाहरुको मृत्यु भएपछि र विस्तारै मृत जनावरका शरिर सड्न थालेपछि यस क्षेत्रमा रोगको महामारी आउन सक्ने डरमा जीवित स्थानीयहरु आतङ्कित बनेका छन् । 

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायताका लागि काम गर्ने संसथाले हैटीमा मात्र तीन लाख ५० हजार मानिस खाद्यान्न, औषधिलगायतका आधारभूत सामग्रीको रहेको रहेको बताएको छ । 

आँधीका कारण हैटीका विभिन्न नदीहरुका पुल, तथा सडक सञ्चाज भत्किएका साथै नीजि तथा सार्वजनिक भवन र तरकारी तथा अन्य बालीको समेत नष्ट भएको भन्दै प्रभावित क्षेत्रमा प्राकृतिक विपदको अवस्था आएको भन्दै यहाँको सरकारले आ–आफ्नो क्षेत्रमा रहेर विपद्को सामानाका लागि पहल गर्न आग्रह गरेको छ । 

म्याधुको प्रभाव हैटीबाट क्युवा हुँदै अमेरिकी शहर फ्लोरिडासम्म पुगेको बताइएको छ । क्यूवामा करिव १३ लाख मानिसलाई आँधीबाट सुरक्षित राख्न समुद्री तटदेखि टाढा टाढाका स्थानमा स्थानान्तरण गरी शिविरमा राखिएको बताइएको छ । रासस/एएफपी  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता