अमेरिकामा राष्ट्रपतिको चुनावलाई लिएर ट्रम्पको पार्टीभित्र मतभेद

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

कार्तिक २४, काठमाडौँ | मंगलबार भएको अमेरिकामा राष्ट्रपति चुनावको नतिजापछि राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीभित्र मतभेद देखिन थालेको छ | अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले डेमोक्रेट पार्टीका जो बाइडेनको जीतमा बधाई दिएका छन् |

उनले चुनाव निष्पक्ष भएको बताएका छन् | तर रिपब्लिकन पार्टीका केही ठूला नेताले अहिले पनि  राष्ट्रपति ट्रम्पको हार स्विकारेका छैनन | हाउस अफ रेप्रिजेन्टेटिव्समा पार्टीका नेता केविन म्याक्कार्थीले सुरुमा हरेक कानूनी चुनौतीमाथि विचार गर्नुपर्ने बताए |

त्यस्तै राष्ट्रपति ट्रम्पले मतदानमा धोका भएको बताउंदै चुनाव परिणामलाई चोरिएको बताएका छन् | राष्ट्रपति ट्रम्पले गरेको ट्वीटमा लेखेका छन्, ‘हामीलाई विश्वास छ कि उनीहरु चोर हुन् । यो एक चोरिएको चुनाव थियो ।’

यद्यपि, ट्वीटरले उनको दाबीलाई ‘विवादित’भनेको छ | सन् २००० मा भएको चुनावमा जर्ज डब्ल्यू बुशको तर्फबाट फ्लोरिडामा पुनः मतगणनाका लागि कानूनी रणनीति बनाउने वकिल बेन गिन्सबर्गले अमेरिकी टिभी च्यानल सिबिएससँग भनेका छन्, ‘ट्रम्पले थोरै कुरेर, नतिजा हेर्नुपर्नेछ ।’ –बीबीसी

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply