२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुम–पूर्वमा राडीपाखीको माग बढ्दो, उत्पादन घट्दै

२०७७, २४ कार्तिक सोमबार ०६:०६

कात्तिक २४, रुकुमपूर्व । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा  चिसो शुरु हुनासाथ अत्यधिक मात्रामा बढ्ने राडीपाखीको कारोबार पछिल्लो समय घट्दै गएको छ । राडीपाखी निर्माण गर्ने क्रम घट्दै गएपछि कारोबार पनि घटेको हो । पछिल्ला केही वर्षयता जिल्लामा भेडाको ऊन, अल्लो, केतुके, केरालगायत रेसाबाट निकालिने धागोबाट तयार पारिने न्यानो कपडाको उत्पादन घट्दै गएको स्थानीयवासीले बताएका छन् । 

स्थानीय कच्चा पदार्थबाट बुनिने राडीपाखी, स्वीटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपीलगायत वस्तुहरु पहिले जसरी सहजै रूपमा पाउन मुस्किल हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–६ मयाङका वडाध्यक्ष तोपे सेन ठकुरीले बताउनुभयो । विशेष गरेर राडीपाखी बनाउने चलन घट्दै गएको भन्दै उहाँले छोटो समय र कम मेहनतमै तयार पार्न सकिने सिरक बनाउनतर्फ मानिसहरु आकर्षित भएको बताउनुहुन्छ । एउटा राडी(कम्बल) तयार पार्न १५ देखि २० दिनसम्म लाग्छ, तर सिरक बनाउन थोरै समय लाग्ने भएकाले मानिसले राडीपाखी बनाउन छोड्दै गएको उहाँको भनाइ छ । 

राडीपाखी तयार पार्न झन्झटिलो हुने भएकाले पनि त्यसतर्फ पछिल्लो पुस्ताले ध्यान दिएको छैन । बूढापुराना मानिसहरु सकिँदै गएको, नयाँमा सीप हस्तान्तरण हुन नसक्नु र युवा पुस्ताले पनि सीप सिक्नमा ध्यान नदिएकै कारण राडीपाखी निर्माणको पेशा धरापमा पर्दै गएको वडाध्यक्ष सेनको भनाइ छ  । जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकामा प्रशस्त मात्रामा भेडा पालिन्छ । विगतका वर्षमा जिल्लामा असोज पहिलो सातादेखि फागुन अन्तिम सातासम्म राडीपाखीको कारोवार बढ्ने गरेको थियो । एउटा राडीपाखीको मूल्य रु एक हजार ५०० देखि रु १० हजारसम्म पर्ने गरेको पुथाउत्तरगङ्गा–६ मयाङकी पूर्णचरी मल्लले बताउनुभयो । 

भेडाको ऊन तथा अल्लोबाट बनेका कपडाको माग बजारमा बढ्दै गएको तर उत्पादन घट्दै गएकाले माग अनुसारको राडीपाखी बजारमा पुर्याउन नसकिएको मल्लले बताउनुभयो । जिल्लाको तकसेरा, कोल राङ्सी, मयाङ, सिस्ने, हुकाम, मैकोट, जाङ, काँक्रीलगायतका ठाउँका मानिसहरले राडीपाखी तयार गर्ने गर्दछन् । बजारको माग अत्यधिक र उत्पादन न्यून भएपछि मानिसहरु राडीपाखी खोज्दै घरमै पुग्ने गरेको मयाङका अर्का तारा सेनले बताउनुभयो । 

जिल्लामा उत्पादित राडीपाखी न्यानो, बलियो र गुणस्तरीय हुने भएकाले पोखरा, काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायत शहरमा यसको माग बढ्दो छ । जिल्लामा आउने पाहुनालाई राडीपाखी उपहार दिने प्रचलनसमेत यहाँ रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट