पढ्न करिब 2 मिनेट लाग्छ

भदौ ९, इटाली । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १५९ पुगेको समाचारमा जनाइएको छ ।

सो भकम्पमा परी करिब ३६८ जना घाइते भएका छन् । उद्वारको काम जारी रहेको छ । उद्वारकर्मीहरुले अझै पनि कैयौं व्यक्ति पुरिएर रहेको जनाएका छन् । भूकम्पका कारण सयौं घर ध्वस्त भएका बताइएको छ । तर क्षतिको पूर्ण विवरण आइसकेको छैन । क्षतिको सबै तथ्यांक आउन सकिरहेको छैन ।

एकाबिहानै ६.२ रिक्टरको भूकम्प गएको र यहाँ भागाभाग भएको बताइएको छ । उद्वारको कार्य जारी नै रहेकोले क्षतिको पूर्ण विवरण आइरहेको अधिकारीहरुले जनाएका छन् ।

इटालीको नागरिक प्रतिरक्षा विभागले दिएको जानकारीअनुसार भूकम्पको उद्वारमा खटिएका उद्वारकर्मीहरुले अझैपनि धेरै व्यक्ति भग्नावशेषमा पुरिएर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

इटालीका दुर्गम गाउहरु उम्रिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पु¥याएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दू पनि सोही गाउमा नै रहेको बताइएको छ । इटालीमा सन् २००९ पछिको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् २००९ मा यहाँ गएको भूकम्पमा परी कम्तीमा पनि ३०० जनाको ज्यान गएको थियो ।

हिजो दिनभरि र गएराति पनि उद्वारकर्मीहरुले कैयौं व्यक्तिलाई भग्नावशेषबाट जिवीतै उद्वार गरेका नागरिक प्रतिरक्षा विभागले जनाएको छ । यसको उद्वारका लागि ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । शक्तशाली भूकम्पपछिका पराकम्पहरुका कारण जनजिवन त्रसित भएको बताइएको छ । रासस/एएफपी