पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १०, काठमाडौं । भारतको सिमलामा बाढी पहिरोमा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

घटना गत आइतबार राति घटेको भएपनि प्रहरीले शुक्रबारमात्रै घटनाबारे जानकारी दिएको बताइएको छ ।

सिमलाको बन्द्राली गाउँमा घनघोर पानी परेको र पहिरोमा पुरिएर एकै परिवारका पाँच नेपालीको मृत्यु भएको इण्डो एसियन न्यूज सर्भिसलाई उद्धृत गर्दै न्यूज केरलाले जनाएको छ ।

मृत्यु हुनेमा नेपाली नागरिक लछिराम, उनकी श्रीमती र तीन जन बच्चा रहेको समाचारमा उल्लेख छ । नेपालको ठेगाना नखुलेका उनीहरु अस्थायी टहरोमा बसेर स्याउको बगैंचामा काम गर्दै आएका थिए ।