दैलेख जिल्ला नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चलको एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो। यो जिल्ला भेरी अञ्चलको सबैभन्दा सानो जिल्ला हो। दैलेख जिल्ला मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालिकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका वीचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो । यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर सिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्ला भित्र लोहोरे छामघाट खोला शीरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला वल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू यहाँ छन् । भैगोलिक रूपमा विकट रहेतापनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ । यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरूमा नारायण नगरपालिका, दुल्लु, रानीमत्ता, नौमुले, वेस्तडा, कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङेश्वरबजार, ठाँटीकाट, रामघाट बजार रहेका छन् । प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको यस जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा पनि धनि रहेको छ । विभिन्न मठ, मन्दिर, पर्यटकीय तिर्थस्थल तथा विभिन्न नदीहरूका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरू तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धता यस जिल्लाका पर्यटकीय सम्भावनाका आधारहरू हुन्। यस जिल्लामा तिब्रतर रूपमा सडक, पुल-पुलेसा, मठ, मन्दिर, देवल, होटल, लज र ब्यापारिक केन्द्रहरू निर्माणमा रहेका छन् ।
दैलेख जिल्लाको लकान्द्रा गा.वि.स.को जौचौरको पहिरोमा तामा र फलामको खानीहरू पुरिएको छ भन्ने भनाइ रहेको छ। त्यस्तै कालिकोट र दैलेखको सिमानामा पर्ने भुवानथानको लेकमा स्थानिय भाषामा झिलझिले ढुङ्गा भनिने काईनेटिक ढुंगाको खनन तथा प्रसोधन भैरहेको छ। यसै गरी दैलेखमा चुन ढुंगा र अभ्रखका खानीहरू छन् भन्ने वैज्ञानिकहरूको भनाई रहेको छ।
दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमा खस राज्यको शीतकालीन राजधानीको रूपमा परिचित दुल्लु र बेलासपुर राज्यमा विभाजित थियो । प्राचीन र मध्यकालमा दुई राज्यमा विभाजित यस जिल्लालाई शाहकालीन नेपालको पुर्नएकीकरण अभियानमा बहादुर शाहले सन १७८९ तिर नेपालमा गाभेको तथ्य ऐतिहासिक वर्णनहरूमा पाइन्छ । [२] जिल्लाका विभिन्न ठांउमा रहेका मन्दिर, देवल, शिलालेख आदिले यस जिल्लाको ऐतिहासिक परिचय दिइरहेका छन्। सदरमुकाम स्थित पुरानो बजारमा रहेको प्रसिद्ध कोतगढी पुरानो युद्धकिल्लाको रूपमा थियो भन्ने विश्वास गरिन्छ । बि.सं.२००९ साल अघि अछाम, सुर्खेत र जाजरकोट जिल्लाका केही क्षेत्रहरू यसमा गाभिएका थिए । [२] राजा रजौटा उन्मुलन ऐन २०१६ पछि आधुनिक नेपालको प्रशासनिक ढाँचा बमोजिम गौडा र २०१८ सालपछि यो जिल्ला पूर्वमा भैरीलेक र कट्टीभञ्ज्याङ्ग उत्तरमा महाबुलेक, पश्चिममा कर्णाली नदी, दक्षिणमा तीनचुला भित्रको भूभागलाई दैलेख जिल्लाको सिमाङ्कन गरिएको थियो। [२] दैलेख जिल्लाको दुल्लु क्षेत्रलाई राणा कालका पहिला प्रधान मन्त्री जंग बहादुर राणाको बाल्यकाल बितेको ठाउँ भनेर पनि चिनिन्छ। दैलेख जिल्लाले २००७ सालको क्रान्तीमा पश्चिम नेपालको लागी अग्रीम स्थान हासिल गरेको छ। तत्कालीन भुमीगत नेपाली काँग्रेसका दैलैख नाउले कटुवालका शेर सिंह खड्काले कालिकोट, जुम्ला, अछाम, डोटी आदी पश्चिमी जिल्लाहरू कब्जा गरेको कुरा ऐतिहासिक वर्णनमा उल्लेख गरिएको छ। २०३६को जनमत संग्रहमा र २०४६ जन आन्दोलनमा पनि दैलेखका रंग बहादुर शाही, बिनोद कुमार शाह, मणी राज रेग्मी गणेश बहादुर खड्का, शिव राज जोशी, रंग नाथ जोशी गोविन्द बन्दी, हेम बहादुर शाही, हर्क बहादुर शाही, पुर्ण ब. शाही, भद्र ब. शाही, तर्क ब. बडुवाल, बजिर सिंह बि.क. चिदानन्द स्वामी जस्ता अधिकांश नेताहरूले साथ दिएका थिए। त्यस्तै २०६३को जन आन्दोलनमा पनि माथी उल्लेखित व्यक्तिहरूका साथै केही नयाँ नेताहरू जस्तै:- थिर ब. कार्की, रत्नेश श्रेष्ठ, कृष्ण बी.सी. राज ब. बुढा, राम प्रसाद जैसी आदी नेताहरूले साथ दिएका थिए। हाल सम्म यो जिल्लाबाट सांसदमा निर्वाचीत भएर प्रतिनिधित्व गर्ने व्यक्तीहरूको विवरण यस प्रकार छ।
यस जिल्लाको नाम दैलेखको उत्त्पत्ति बारे निम्नानुसारका किंवदन्तिहरू पाइन्छन् |
- पौराणिक कालमा दधिचि महर्षिले तपस्या गरी बसेको स्थान हुनाले उनको नामबाट "दधिलेक" नाम रहन गएको र पछि अपभंस हुदै दधिलेकबाट दैलेख नाम रहन गएको
- यो क्षेत्र देवताहरूको निवासस्थान भएकोले यसलाई देवलोक भनिन्थो। पछि अपभ्रंस हुदै दैलेख नामाकरण हुन गएको
- यहाँ प्रशस्त मात्रामा दहि-दुध पाइने भएकाले "दहिलेक" भनिदै गइ पछि दैलेख नाम रहन गएको
अक्षांस: २८.३५" देखि २९.८" उत्तर
देशान्तर: ८१.२५" देखि ८१.५३" पूर्वमा
सिमाना: पूर्व जाजरकोट, पश्चिम अछाम, उत्तर कालिकोट, दक्षिण सुर्खेत जिल्ला
क्षेत्रफल: १५०२ वर्ग कि.मि. (देशको कुल भूभागको १.०२%)
होचो भाग: समुद्र सतहबाट ५४४ मिटर (तल्लो डुङ्गेश्वर)
अग्लो भाग: ४१६८ मिटर (महाबुलेक)
राजनैतिक हिसावले यस जिल्लालाई ४९ गा.वि.स., २ नगरपालिका, २ निर्वाचन क्षेत्र र ११ वटा इलाकाहरूमा विभाजित गरिएको छ:- [२] नदी तटदेखि हिमालयसम्म फैलिएको यहांको धरातलीय स्वरूपलाई निम्न लिखित ३ भागमा विभाजित गर्न सकिन्छ:
नदी निर्मित तट (५४४–१०००मि.),
मध्य पहाडी क्षेत्र (१०००–२१००मि.)
महाभारत श्रृंखला एवं पर्वतीय भूभाग (२१००मि. भन्दा माथि)
यी धरातलीय स्वरूपहरूले जिल्लाको क्रमसः करिव १०%, ३७%, र ५३% भूभाग ओगटेका छन। मध्य पहाडी क्षेत्रमा जिल्लाको ८५% भन्दा बढी जनसंख्या एवम् बस्ती केन्द्रित छ।
जिल्लाको मध्यपश्चिम हुदै बग्ने छामगाड खोला र पूर्वी भेग हुदै बग्ने लोहोरे खोलाको सङ्गमस्थल चुप्रा दैलेख जिल्लाको सबैभन्दा आकर्षक भौगोलिक स्थल मानिन्छ। खस राजा नागराजको हिमाली राज्यको शीतकालीन राजधानी दैलेख दुल्लुक्षेत्रमा अवस्थित पञ्चकोशी तीर्थस्थल मध्ये श्रीस्थान र नाभिस्थान भित्र नित्य प्रज्वलित ज्वाला जी राष्ट्रिय स्तरकै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रूपमा चर्चित छन्। दैलेख जिल्लाको भुर्तीमा रहेका २२ वटा देवललाई विश्व सम्पदा सूचीमा राखिएको छ यस्तै रावतकोटमा रहेको पञ्चदेवलहरू दैलेख जिल्ला सदरमुकाममा रहेको कोत गढी र दुल्लु क्षेत्रमा रहेका कृतिखम्बा, सातखम्म, पटङ्गेनी दरबार, जंग बहादुर राणाका पिता बाल नरसिंह कुवँरको समाधीको नामले चिनिने मासको पिठोको लिउन लगायर निर्माण गरिएको बालेश्वर मन्दिर लगायत अनेकौँ पौराणिक शिलालेखहरू यहाँका प्रमुख पर्यटकिय स्थानहरू हुन्!
आर्थिक दृष्टिकोणले यो जिल्लालाई विकट जिल्लाको रूपमा लिइने गरिन्छ। [२] नेपालका दन्द्व प्रभावित जिल्लाहरू मध्य दैलेख पनि एक हो। विकास निर्माणका कार्यमा फट्को मार्न लागेको दैलेख जिल्ला दन्द्वकालमा निष्क्रिय जस्तै देखिए पनि अब यहाँ तिब्र रुपले विकास निर्माणका कामहरू सञ्चालन भइरहेका छन्। यस जिल्लाका सबै प्रमुख व्यापारीक केन्द्रहरूमा यातायातको राम्रो सुविधा छ। जस्तै खड्कावाडा देखी पिपलकोट सम्मको कर्णाली राजमार्गका साथै रानिमत्ता - महावु, चुप्रा - मेहलतोली, तल्लो डुङ्गेश्वर - दुल्लु, दुल्लु - कुसापानी, दैलेख - दुल्लु, रामघाट - सिंगासैन, दैलेख - नौमुले जस्ता करिब ६०० कि.मी. भन्दा बढी अधिकांश ग्रामिण सडकहरू सञ्चालनमा आइ सकेका छन्। दैलेख जिल्लामा २५ सैया युक्त जिल्ला अस्पताल उपलब्ध छ। यसका साथै प्रतेक गा.वि.स.मा स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी र प्रसुतीगृहहरू निर्माण भएका छन्। करिब ६१% शाक्षरता रहेको यस जिल्लामा हाल ४ वटा क्याम्पस, १५ वटा उच्च माध्यमिक विद्यालय, ५० वटा माध्यमिक विद्यालय, १०६ वटा निम्न माध्यमिक विद्यालय, ४१० वटा प्राथमिक विद्यालय र ५ वटा निजी विद्यालयहरू सञ्चालनमा रहेका छन्।
यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरू यस प्रकार रहेका छन्।:-
दैलेख बजार
चुप्रा
नौमूले
तल्लो डुङ्गेश्वर
माथिल्लो डुङ्गेश्वर
बेस्तडा
डांडीमाडी
दुल्लु
टुनीबगर
राकम कर्णाली
लकान्द्रा
रामाघाट
धरम पोखरा
गुरांसे
खम्बगाडे
खिडकी जिउला
मानव सभ्यताको विकाससँगै निर्माण भएका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका पुरातात्विक सम्पदा तथा प्राकृतिक रूपमा नै विशिष्ट स्थान र महत्वकारूपमा रहेका सम्पदाको संख्या नेपालमा धेरै छन्। त्यसमा पनि दैलेख जिल्ला त्यस्तो विशिष्ट स्थान कायम गरेको जिल्ला हो जहाँ धार्मिक सांस्कृतिक र ऐतिहासिक रूपमा भिन्नै खालको पहिचान दिन सक्ने निरन्तर बलिरहने ज्वालाहरूको क्षेत्र खस सभ्यताले सृजना गरेका पुरातात्यिक र ऐतिहासिक धरोहरहरू भएको क्षेत्र हो। यस क्षेत्रका नागरिकको बढ्दो क्रयशक्ति विविधता भित्र रमाउने चाहना राजनैतिक सामाजिक आर्थिक तथा साँस्कृतिक रूपान्तरण उन्मुख वर्तमान समाज विशेषको कारणले दैलेखमा पर्यटकीय संभावना प्रचुरमात्रामा रहेको छ। यसमा मात्र आवश्यकता रहेको छ गुणस्तरीय पूर्वाधार निर्माण र दृढ पहलकदमीको। नागरिकको बढ्दो आवश्यकता र माग परिपूर्तिका लागि सार्वजनिक निकायहरूबाट वस्तु र सेवा प्रवाह गरेजस्तै पर्यटन विकासकालागि पूर्वाधार निर्माण यसको संरक्षण र प्राकृतिक संपदाको संरक्षण तथा प्रचार प्रसारको आवश्यकता पर्दछ। नेपालको ऐतिहासिक धार्मिक र पर्यटकीय जिल्लाको रूपमा परिचित यस जिल्लाका राजनैतिक दलका प्रमुख तथा कार्यकर्ताहरू सरकारी निकायहरू विकासका साझेदार संस्थाहरू गै।स।स सचेत नागरिक समाज नीजि क्षेत्र र नागरिकहरू तथा यसको समावेशी र प्रतिनिधिमूलक समुदायमा आधारित संस्थाहरूको प्रयासको समग्रताबाट नै पर्यटन क्षेत्रमा फट्को मार्ने गरी विकास संभव हुन्छ। पर्यटन आफैमा विकासको एउटा पाटो हो भने पर्यटन विकासकालागि पूर्वाधार अनिवार्य शर्त हो। यसै सेरोफेरोमा रहेर दैलेखलाई यसरी हेर्न सकिन्छ |
दैलेख जिल्लालाई विभिन्न जात जातीहरूको उद्गम स्थलको रूपमा पनि लिन सकिन्छ किन भने यो जिल्लाका विभिन्न स्थलहरू जस्तै :-
दुल्लूबाट दुलाल
बासीबाट बस्याल
बडबाट बराल(बडाल)
लम्जीबाट लम्जेल
नेपाबाट नेपाल
लामीछानीबाट लामिछाने
लयाँटीबाट लुईँटेल
भुर्तीबाट भुर्तेल
दवडाबाट दवाडी
पराजुलबाट पराजुली
दहबाट दाहाल
कट्टीबाट कट्टेल
रिजुबाट रिजाल
हुमेगाउँबाट हुमागाई
लम्सुबाट लम्साल
इत्यादी ठाउँहरूबाट माथि उल्लेखित जातीहरूको उद्गम भएको मानिन्छ । माथी उल्लेखित जातीहरू संसारको जुन सुकै कुनामा बसे पनि आफ्नो उद्गम स्थानको रूपमा दैलेख जिल्लालाई चिन्दछन्। उनीहरूलाई दैलेख जिल्लाको बारेमा राम्रो जानकारी गराएर उनीहरूलाई आफ्नो उद्गम स्थल सम्म पुग्न सहज वातावरण बनाएमा यस जिल्लाको महत्व बढ्न सक्ने छ।
दैलेख भौगोलिक दृष्टीले पहाडी जिल्ला भएकाले यहाँ थुप्रै पर्यटकिय क्षेत्रहरू रहेका छन् । नेपालकै प्रमुख मानिने पंचकोशी तिर्थस्थल यसै जिल्लामा अवस्थित छ । नेपालकै प्रमुख मानिने एक मात्र शिलालेख दूल्लु स्थित कृतिखम्मका साथै वैज्ञानिकहरूका अनुसार मृत ज्वालामुखि मानिएको धुलेश्वर यसै जिल्लामा अवस्थित छ । साथै नेपालकै चर्चित मानिएको पेट्रोल, ग्याँस तथा मट्टितेलको खानि पनि यसै जिल्ला मिल्न सक्ने सम्भावना छ । प्राचिन मत अनुसार डुन्गेश्वरमा दधिचि ऋषिको आश्रम रहेको विश्वास गरिन्छ । यस्तै बैकको लेकलाई महाभारत र रामायणमा बर्णन गरिएको द्रोणाचल पर्बत मानिएको छ । यस्ले पनि दैलेखको महत्व बढाउने देखिन्छ।
विश्वकै दुर्लभ मानिएको शमी र रुद्राक्षको रुखहरू पनि यसै जिल्लामा पाइन्छ । त्यस्तै यो जिल्लालाई काफल, चुत्रो, ऐँसेलु, रातो गुराँस, सेतो गुराँस, सुनगाभा, रक्तचन्दन, टिमुर, हतपसारो, काउलो, पाषाणभेद, अल्लो सल्ला, देवदारू, पाँगर, साल, साज, सिसौ, खयर सतुवा, असुरो जस्ता अनेकौं जडिबुटी तथा वनस्पतिहरूको खानी मानिन्छ। यदी यि अमुल्य वनस्पतीको संरक्षण गरेर यिनलाई लोप हुनबाट बचाएमा यस जिल्लाको पर्यटन विकास हुन सक्ने सम्भावना देखिन्छ।
मदानताल (बिशाला)
नाके गुफा (बिशाला)
रामगाड
भुतगाड
कर्णाली नदी
लोहोरे खोला
छामगाड खोला
पादुका खोला
द्वारी झरना
खरिगैरा झरना
लाँकुरी झरना
कुशापानी झरना
खुनगाड खोला
कानेगाड खोला
शिखरद्वारी (घोडादाउनी)
यदी यि प्राकृतीक सम्पदाहरूको बारेमा सर्वत्र जानकारी गराएमा यस जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने सम्भावना देखिन्छ।
यो जिल्लाका मुख्य जनजाति यस प्रकार छन्: खस क्षेत्री (३४.८५), कामी (१५.३३५), ठकुरी (१४५), ब्राम्हण (१२५), मगर(९.८७५), ,दमाई (४.४५५), सार्की (२.७५५), सन्यासी (१.६१५), सुनार (१.५८५), गुरुङ् (१.४३५), जैसी आदि जातीहरू यो जिल्लामा बसोवास गर्दछन् भने नेपालमा अहिले सम्म आदीवासीको रूपमा चिनिने राउटेहरू पनि यो जिल्लामा कहिले काहीं अस्थाइ रूपमा बसेको पाइन्छ। [२] यो जिल्लाको प्रमुख भाषाहरू नेपाली(९८.९८५), गुरुङ्ग/मगर (०.४६५) र अन्य (०.५६५) हुन्। [२] धार्मिक रूपमा यो जिल्लामा हिन्दू धर्म(९८.३२५), बौद्ध धर्म (१.४५५), इस्लाम धर्म(०.०८५), अन्य (०.१५५) धर्मावलम्बी छन्। दैलेख जिल्लावासीहरू व्यापार व्यवसाय र नौकरी पेशा गरे पनि अधिकतर कृषि पेसा अपनाउछन्। यो जिल्लाका कृषकहरू मुख्य रूपले पशुपालनमा भैंसीपालन, गाईपालन, बाख्रापालन कुखुरापालन, मौरी पालन, बंगुरपालन, तथा खेती पातीमा मकै, धान, गहूँ, जौ, कोदो, उवा, फापर जस्ता अन्नबालीको खेती गर्दछन् भने आलु, पिँडालु, फर्सी, काँक्रो, भंटा, काउली, मुला, गोल भेंडा जस्ता तरकारी खेतीका साथै अलैंची, अदुवा, उखु, बेसार, लसुन, प्याज, धनियाँ, तोरी, खुर्सानी आदी नगदे बालीको खेती गर्दछन्। फलफूल खेतीमा दैलेख जिल्लामा स्याउ, नास्पती, आरु, ओखर, सुन्तला, केरा आदी फलफूलको खेती गरिन्छ। यसका साथै यहाका कृषकहरू मास, मुसुरो, सिमी, भटमास, चना, केराउ जस्ता दालको खेती गर्दछन्।
दैलेख जिल्लामा थरी थरीका जात जातीका मान्छेहरूको बसोवास रहेका करणले यहाँको संस्कृतीमा धेरै भिन्नता पाइन्छ। अलग अलग जात जातीका मान्छेहरू सबैले आफ्नो आफ्नो रिती रिवाज अनुशार आफ्नो आफ्नो परम्पराले मनाउदै आएका चाड पर्वहरू मनाउने गर्दछन्। यो जिल्लामा मनाईने प्रमुख चाडपर्वहरूमा देउडा नाच, मारूनी नाच बैसेरी नाच, हुड्केउली नाच, फुर्का नाच, आदीको सुन्दर झलक देख्न पाइन्छ। लोक रितिस्थिति र सांस्कृतिक परम्पराका दृष्टिकोणले पनि दैलेख जिल्ला एक अद्वितीय भूमि हो । दैलेख नेपालका धेरै जातजाति र भाषाभाषिहरूको उद्गमस्थल पनि हो । दैलेखले सबैलाई आफ्नो मौलिक परिचय दिएको छ र विशिष्ट संस्कार अनि संस्कृति दिएको छ । दैलेखले पौरख सिकाएको छ र हाँसीहाँसी लडेर मर्न सिकाएको छ । त्यसैले दैलेखलाई धर्म, संस्कृति र वीरताको सङ्गम पनि भनिन्छ ।
मानिसको जन्मदेखी मृत्युसम्मका सबै अवसरहरूमा, स्थानिय चाडपर्वहरूमा, मन्दिर तथा देवस्थलहरूमा, राम रमाइलोमा, युद्धको मैदानमा, विजयको उन्माद र पराजयको पीडामा, दुःख सुखमा, वनपाखा तथा मेलापात जस्ता सबै अवसरहरूमा अलग अलग प्रकारका गीत, बाजा, तथा लय र सङ्गीतको सिर्जना गरेको छ दैलेखले । इतिहासको कालखण्डमा निकै लामो फड्को मारिसकेको भए तापनि दैलेखमा गुञ्जने गीत र लोक लयले अझै पनि दैलेख जिल्लाको इतिहासको कथा व्यथालाई गीतमालामा उनेर गुनगुनउँदै आईरहेको छ । आफ्नो जिवन्त ऐतिहासिकतालाई सार्थक तुल्याउदै आधुनिकताको मार्गमा अघि बढिरहेको छ । दैलेख जिल्लाको पूर्व, पश्चिम, उत्तर, दक्षिण, लेक, बेसीमा अलग अलग रूपमा लोक प्रचलनमा रहेका अमूर्त सांस्कृतिक सम्पदाहरूको सूची लामो छ ।
पञ्चे बाजा, हुडके नाच, देउडा, धमारी, रत्यौली, चैत, भारतजस्ता सम्पदाहरू दुल्लुक्षेत्र र दैलेख जिल्लाको उत्तरी भेगमा बढी प्रचलनमा रहेको पाइन्छ । त्यसै गरी रहरे बैंसारी, गुरु बैंसारी, सरौं, मारुनी, गर्राजस्ता सम्पदाहरू दैलेखको पूर्वी र दक्षिणी भेगमा बढी प्रचलनमा रहेको पाइन्छ । विश्व सम्पदा दिवस २०१२ का अवसरमा वि.सं. २०६८ चैत्र १९ गतेका दिन दुल्लुमा आयोजित सार्वजनिक समारोहमा पर्यटन विकास केन्द्र, दैलेखका अध्यक्ष गणेश उपाध्याय रेग्मी, पद्म सिर्जना मञ्जरीका अध्यक्ष तेज बहादुर हमाल, नेपाल संस्कृतिक संघका अध्यक्ष टंक प्रसाद रिमाल, सहिद पूर्ण स्मृति प्रतिष्ठानका अध्यक्ष घनश्याम भण्डारी तथा सचिव राजेन्द्र प्रसाद अधिकारीको संयोजनमा फट्को, भैलो, भैली, भैनी, मारुनी नाच, हुड्के नाच, धमारी, पञ्चेबाजा, देउडा र नेउली हदेलीजस्ता विभिन्न दश प्रकारका अमूर्त सांस्कृतिक सम्पदाहरूको प्रदर्शन गरिएको थियो ।
बि स १८४८ कार्तिकमा बिलासपुर राज्य एकिकरण भएको थियो र नेपाल एकिकरणपश्चात् दैलेखको तात्कालिक सामाजिक परिवेसमा पनि ठुलो परिवर्तन भएको देखिन्छ । बहादुर शाहाको पश्चिम विजय अभियान अन्तरगत विलासपुर राज्य एकिकरण भए पश्चात गोरखाली सेनाका विभिन्न पदिक, अधिकारी तथा अन्य कर्मचारीहरू दैलेखमै स्थायी बसोवास गर्न थाले । उनिहरूले दैलेखको डाँडोमा व्यवस्थित बस्तीको शुरुवात गरे । यसै सिलसिलामा हालको बज्रभैरव मन्दिरदेखि बटुक भैरव मन्दिर सम्मको क्षेत्रमा सुनारहरू, बटुक भैरव मन्दिरदेखि नारायण मन्दिर सम्मको क्षेत्रमा नेवारहरू, नारायणमन्दिरबाट पुरानो कारागार सम्म र कोतगढिको पूर्वी भागमा दमाईहरू, पुरानो कारागार देखि भगवती मन्दिरसम्मको भागमा कसाईहरू, भगवती मन्दिर देखि माथिको डाँडा(बारुदथान गडि) क्षेत्रमा कामी, भगवती मन्दिर देखि पश्चिमको भागमा ढाँग्रे(गन्धर्व) समुदायको बसोवास बसाईएको थियो । बज्रभैरव मन्दिर देखि उत्तर तिर हालको अदालत देखि टुडिखेल धाराको भूभाग बादी समुदाय, टुडिखेल धारादेखि पश्चिम –हालको कुसाडा गाँउमा चुरट्टाहरूको बसोबास बसाईएको थियो । यसरी याहाँ बसोबास गर्नेहरूमा काँस्की, स्याङजा, बागलुङ, तनहुँ लगाएतका गण्डक क्षेत्रबाट आएको देखिन्छ तसर्थ संस्कृतिमा बिभिधता पाईन्छ । मानिसहरूको बसाईसराईको क्रम संगै कला, संस्कृतिहरू पनि परिस्कृृत हुँदै आयो । उनिहरूका चाडपर्वहरू पनि बिस्तारै स्थापित हुँदै गयो । आ आफ्ना रितिरिवाज परम्परा अनुरुप मनाउदै आएको चाडपर्व, रितितिथी पनि स्थापित हुँदै गयो । त्यसै चाडपर्वहरू मध्य सबैभन्दा लामो समय चल्ने र लोकप्रिय मेला हो बर्षे मेला । खस मल्ल साम्राज्यकालमा प्रचलित राउटे नाच, हुड्के, ख्याली, पंचेबाजा, ढालकी, मयूर, मारुनी, सोरठी, लहरे पैसरी जस्ता सस्कृतीहरू हालसम्म पनि समाजमा संरक्षीत रहेका छन् । दैलेख बजार क्षेत्रमा भने काठमाण्डौ, ललितपूर, भत्तपुर लगाएत गण्डक क्षेत्रबाट बसोवास गरेर आएका समुदाय समुदायहरूको बिचमा बर्षे मेला –लाखे नाच, गाईजात्रा, घण्टाकर्ण, रोपाईजात्रा, टाकटुके जात्रा, कृष्ण जन्माष्ठमी जस्ता मेला पर्वहरू लोकप्रिय रहेको छन् ।
१ दैलेख जिल्ला अदालत +९७७-८९-४२०१२१
२ जिल्ला प्रशासन कार्यालय +९७७-८९-४२०११२
३ जिल्ला प्रहरी कार्यालय +९७७-८९-४२०११३
४ रणसार्दुल गण +९७७-८९-४२०१६६
५ जिल्ला अस्पताल +९७७-८९-४२०१२७
६ नेपाल टेलिकम +९७७-८९-४२०१२२
७ बिद्युत प्राधिकरण +९७७-८९-४२०१३०
८ नारायण क्याम्पस +९७७-८९-४२ +८४
९ त्रि उमावि +९७७-८९-४२ +८३
१० नारायण न. पा. +९७७-८९-४२०१३५
११ जिल्ला विकास समिति +९७७-८९-४२०१६३
१२ ईलाका प्रशासन कार्यालय दुल्लु +९७७-८९-४२९५१५
१३ ईलाका प्रहरी कार्यालय दुल्लु +९७७-८९-४२९५१७
१४ एम्बुलेन्स सेवा +९७७-८९-४२०१७९
१५ प्राथमिक आँखा उपचार केन्द्र +९७७-८९-४२०१३७
१६ जिल्ला शिक्षा कार्यालय +९७७-८९-४२०१५०
१७ जिल्ला वन कार्यालय +९७७-८९-४२०१३२
मङ्सिर ३, काठमाडौँ | कोभिड–१९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ ।
संक्रमणको जोखिम बढ्दै गएपछि ५ चैत ०७६ मा कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशभरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । गत १२ साउनको मन्त्रिपरिषद् बैठकले विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा जारी गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो । सोहीअनुसार विद्यालय सञ्चालन वा बन्द गर्ने कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन कार्यढाँचा जारी गरिएको मन्त्रालयले जनाएको छ । विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमै रहे पनि संघको निर्देशनमा बन्द भएका शैक्षिक संस्था खोल्नका लागि मन्त्रालयले बाटो खोलेको हो ।
कार्यढाँचामा संक्रमणको अवस्थालाई स्थानीय र विद्यालय तहमा समीक्षा गरेर भयरहित तथा सुरक्षित तरिकाले सञ्चालनमा ल्याई बालबालिकाको शिक्षण सिकाइ, परीक्षा तथा मूल्यांकनसम्बन्धी प्रक्रियालाई सहज बनाउन सकिने उल्लेख छ । त्यस्तै, सहज वातावरण भए विद्यालयमा शैक्षिक गतिविधि निरन्तर गराउने, जोखिमको अवस्था देखिए बन्द गर्ने तथा सहज हुँदा पुनः सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!