दैलेखका ५४ वर्षीय दलबहादुरलाई जन्मकैद

Posted on: 10 Mar, 2019

फागुन २६, दुल्लु (रासस) | दैलेखको नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई जिल्ला अदालतले जन्मकैद फैसला सुनाएको छ । 

श्रीमतीको हत्या गरेको अभियोगमा बस्नेतलाई जन्मकैदको फैसला गरिएको दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिनुभयो । जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले आज उक्त फैसला गरेको हो । 

विसं २०७४ साउन २ गते कान्छी श्रीमती हरिकला बस्नेतलाई कुटपिट गरेर हत्या गरी बार्दलीमा झुण्ड्याइएको थियो । अदालतले सो घटनामा दलबहादुरकी जेठी श्रीमती रामसराको सङ्लग्नता नपाइएको भन्दै सफाइ दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!