डोल्पाका दुई गाउँपालिकाको प्रमुखमा माओवादी विजयी

Posted on: 15 May, 2017

जेठ १, डोल्पा । माओवादी केन्द्रले डोल्पाका दुई गाउँपालिका विजय हासिल गरेको छ । 

मुड्केचुलाको प्रमुखमा माओवादीका दत्तबहादुर शाही ९३३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले ९३१ मत प्राप्त गरेका छन ।

मुड्केचुलाको उपप्रमुख पद भने एमालेले जितेको छ । एमालेकी सविना कुमारी रोकाय ९५९ मत पाएर उपप्रमुखमा विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी हिमाली घर्तीले ८३५ मत पाएकी छन् ।

यसैगरी जगदुल्ला गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा माओवादी उम्मेदवार विजयी भएका छन् । जगदुल्लामा माओवादीका नरसिंह रोकाय ५५६ मतले विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दलबहादुर महतराले ४३४ मत पाएका छन् ।

उपप्रमुख पदमा माओवादीकी अमृता लामा ५५३ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी बुद्धकला बोहोराले ४३१ मत पाएकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!