माओवादी केन्द्रद्वारा एमाले-कांग्रेस-समाजवादीको गठबन्धन पराजित

Posted on: 14 May, 2022

वैशाख ३१, काठमाडौँ । डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र एक्लैले एमाले-कांग्रेस-समाजवादीको गठबन्धनलाई पराजित गर्दै गाउँपालिका प्रमुखमा जित दर्ता गरेको छ । गाउँपालिका अध्यक्षमा माओवादीका नारासिं रोकाय विजयी भएका हुन् । 

रोकाय २०७४ सालमा पनि अध्यक्षमा निर्वाचित भएका थिए । बिजयी बनेका रोकायले ७ सय ७० मत प्राप्त गरे भने गठबन्धन गरेर उम्मेदवार बनेका एमालेका हेमबहादुर महताराले ७ सय ४६ मत पाए । 

त्यस्तै यसै पालिकाको उपाध्यक्ष पदमा पनि माओवादीबाटै उम्मेदवार बनेकी अमृता बोहरा बिजयी भएकी छन् । बोहोरा १० मतको अन्तरले बिजयी भएकी हुन् । उनले गठबन्धनकै उम्मेदवार एमालेकि चन्द्रावती थापामाथि जित हाँशिल गरेकी हुन्। प्रतिद्वन्दी थापाले ७ सय ७ सय ४९ मत पाउँदा बिजयी बनेकी बोहोराले ७ सय ५९ मत प्राप्त गरिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!