आगामी स्थानिय निकायको चुनाबमा गोरखाबाट १ लाख ७१ हजार ४२ जनाले मतदान गर्ने

Posted on: 23 Mar, 2017

गणेश पौडेल,चैत्र १० – गोरखा

गोरखा जिल्लाबाट आगामी २०७४ साल बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा  १ लाख ७१ हजार ४२ जनाले मतदान गर्न पाउने भएका छन् । स्थानिय तह निर्वाचनको घोषणा भएको २०७३ साल फागुन ९ गते सम्म मतदाता नामावलीमा नाम दर्ता भएका गोरखाका १ लाख ७१ हजार ४२ जनाले निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । कार्यालयले नयाँ कायम भएका स्थानिय तह अनुसार मतदाताको विवरण पनि अद्यावधिक गरेको छ । जस अनुसार गोरखा नगरपालीकामा सबभन्दा धेरै २७ हजार ८ सय ५ मतदाता रहेका छन् । यस्तै पालुङटार नगरपालीकामा २६ हजार ५ सय ८७, भिमसेन गाउपालीकामा १५ हजार २ सय ८५, शहिद लखन गाउँपालीकामा १८ हजार ६ सय १४, सुलिकोट गाउपालीकामा १६ हजार १ सय ४२ र सिरान्चोक गाउपालीकामा १६ हजार २ सय ७७ मतदाता रहेका छन् । त्यस्तै गण्डकी गाउपालीकामा १३ हजार ६ सय ९२, आरुघाट गाउपालीकामा १४ हजार  ४ सय ७०, अजिरकोट गाउपालीकामा १३ हजार २ सय, धार्चे गाउपालीकामा ८ हजार ९ र सबैभन्दा थोरै चुमनुव्रि गाउपालीकामा ४ हजार १५ मतदाता रहेको जिल्ला निवार्चन कार्यालयका निर्वाचन अधिकारी राजेन्द« प्रसाद पोखरेलले जानकारी दिनुभयो । कार्यालयले मतदानस्थलको पुनरावलोकन गरि आयोगमा पठाएको पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार २ सय १३ मतदान स्थलको प्रस्ताव गरिएको छ । गोरखा जिल्लाबाट निर्वाचनमा १५ वटा राजनितिक दल सहभागी हुँदैछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!