आफ्नै गृह जिल्लाको सडकमा डा. भट्टराईको गाडी फसेपछि ...

Posted on: 08 Oct, 2023

असोज २१, काठमाडौँ | वर्षा याममा ग्रामीण सडकको अवस्थाबारे तपाइँ हामी जानकार नै छौँ । सडकको अवस्था जीर्ण हुँदा पनि स्तरोन्नति नभएपछि नागरिकहरू नेतालाई गाली गर्दै यात्रा गरिरहेको भेटिन्छन् । 

तर नेताहरू नै यस्ता सडकमा फसे भने के भन्छन् होला ? हालै आफ्नो गृह जिल्लाको सडकमा पूर्व प्रधानमन्त्री तथा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको गाडी फस्न पुग्यो । हिलाम्मे सडकमा गाडी फसेको तस्बिरसहित डा. भट्टराईले सामाजिक सञ्जालमा दुखेसो पोखेका छन् । 


गोरखाको भीमसेन गाउँपालिका–६ रिपमा उनको गाडी फसेको हो । गाडी फसेपछि पैदल नै उनी अगाडि बढेको तस्बिरमा देख्न सकिन्छ । 

सामाजिक सञ्जालमा उनले लेखेका छन् -'गोरखा भीमसेन गापा-६ रिपमा पटक पटक गाडी फसेको कटु अनुभव ! ग्रामीण क्षेत्रका प्रायः सडकको अवस्था यस्तै !'

यस बिषयमा तपाइको प्रतिक्रिया...!