कैलालीमा बसको ठक्करबाट एकको मृत्यु

Posted on: 21 Nov, 2018

मङ्सिर ५, घोडाघोडी | कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियामा बसले ठक्कर दिँदा आज एकको मृत्यु भएको छ । 

पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ६ ख ६३५५ नम्बरको बसले आज बिहान ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । पैदलयात्री कैलालीको भजनीनगरपालिका–६ महादेवलीका आशाराम चौधरी रहेको इलाका प्रहरी कार्यालय बौनिया प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले जानकारी दिनुभयो । बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्किले नियन्त्रणमा लिएको शाहीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!