४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदुरपस्चिममा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

२१ आश्विन २०७५, आईतवार ०२:५२

काठमाडौँ, २१ असोज (रासस) | विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता कात्तिक २७ गतेदेखि धनगढीमा हुने भएको छ । 

सुदूरपश्चिम प्रदेश आर्थिक, सामाजिक र पहुँचको हिसाबले पछाडि परे पनि खेलकूद क्षेत्रमा यो प्रदेशले आफ्नो छुट्टै पहिचान बोकेको भन्दै धनगढीमा राष्ट्रव्यापी खेलकूद प्रतियोगिताको आयोजना गरिएको आयोजक कमिटीले जनाएको छ । शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक कमिटीले प्रतियोगिताबारे जानकारी दिएको हो । 

खेलकूदमार्फत खेलाडीको जीविकोपार्जन गर्न सकियोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताउनुभयो । 

क्रिकेटको मुख्य प्रायोजन निष्ट कलेज लैनचौर काठमाडौँले गरेको छ । विद्यालयस्तरबाट विद्यार्थीलाई खेलकूदमा सहभागी गराउन सकेमात्र देशले राम्रो खेलाडी पाउने विश्वासले कलेजले खेलकूदमा लगानी गर्न खोजेको कलेजका संस्थापक प्राचार्य डा माधवप्रसाद बरालले बताउनुभयो । 

प्रतियोगितामा लिटल फ्लावर बोर्डिङ हाइस्कूल धनगढी, सिद्धार्थ शिशु सदन स्कूल धनगढी (साविक विजेता), शारदा मावि धनगढी, सरस्वती मावि गेटा, क्यास्पियन एकेडेमी धनगढी, एबिसी बोर्डिङ स्कूल नेपालगञ्ज, कैलाली मोडेल स्कूल धनगढी, बिज्डम एकेडेमी बेलौरी कञ्चनपुर, लिटल बुद्ध एकेडेमी महेन्द्रनगर कञ्चनपुर (साविक उपविजेता), हिमालय ह्वाइट हाउस वल्र्ड स्कूल काठमाडौँ, निष्ट स्कूल भक्तपुर र मोक्षदा स्कूल काठमाडौँ गरी १२ विद्यालय सहभागी हुनेछन् । प्रतियोगिताको विजेतालाई रु एक लाख ११ हजार ११ र उपविजेतालाई रु ५५ हजार ५५५ पुरस्कार राशि दिइनेछ । 

त्यस्तै उत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई रु पाँच हजार, उत्कृष्ट बलरलाई रु पाँच हजार, उदयमान खेलाडीलाई रु एक हजार (लिग चरणमा), म्यान अफ द म्याचलाई रु एक हजार ५०० (नकआउट चरणमा), म्यान अफ द म्याचलाई (अन्तिम चरण) रु दुई हजार पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र दिइनेछ । 

नेपालका विद्यालयस्तरमा अध्ययनरत विद्यार्थीमा खेलकूदमार्फत जीविकोपार्जन गर्न सकिन्छ भन्ने मानसिकताको विकास गराउने उद्देश्य आयोजक कमिटीले लिएको छ । प्रतियोगिता मङ्सिर ४ गतेसम्म हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ