नरहरीनाथको सेरापाटामा कडा सुरक्षा विच भोलि पुन निर्वाचन हुँदै

Posted on: 20 May, 2017

दलसिंह गिरी | जेठ ६, कालिकोट | नरहरीनाथ गाउपालिका वडा नं. ६ सेरापाटा केन्द्रमा भोलीहुने मतदानको सम्पूर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ । 

विप्लव नेतृत्वको नेकपा माओवादीको आक्रमणबाट यहि गएको ३१ गते स्थगित भएको सेरापाटा मतदान केन्द्रको मतदान प्रक्रिया पुन यहि जेठ ७ गते गर्न निर्वाचन आयोगको निर्देशन अनुसार सबै प्रक्रिया पुरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । 

यता सुरक्षाको दृष्टिकोणले जिल्लाको सम्पूर्ण सुरक्षा शक्ति उक्त मतदान केन्द्रमा केन्द्रीत गरी सुरक्षा कडाई गरेकाले वडा नं. ६ का मतदाताहरुले निर्धक्क भएर मतदान गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ । 

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी १ सय, म्यादी प्रहरी ९९ गरी १ सय ९९ जना सुरक्षाकर्मी सुरक्षार्थ खटिएको र यतिकै हाराहारीमा शसत्र र नेपाली सेना सेरापाटा मतदान केन्द्रमा खटिएकाले असुरक्षाको भानमा नपर्न कुनैपनि मतदाताहरुलाई आग्रह गरेको हो ।

यहि गएको ३१ गते विप्लव नेतृत्वको नेकपाले उक्तमतदान केन्द्रमा आक्रमण गरी मतपेटीका जलाएका थिए भने यसको जवाफिमा प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका थिए यस्तै एक जना राप्रपाका वडा अध्यक्ष उम्मेदार धनरुप बटालाको मृत्यु समेत भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!