नेपााल आर्दशलाई राष्ट्रकै नमुना विद्यालय बनाउन शाहद्धारा १५ लाख दिने घोषणा

Posted on: 12 Apr, 2018

माधव बेल्वासे/चैत्र २९ कपिलवस्तु | नेपाल आदर्श माध्यमिक विद्यालयको भौतिक संरचना निर्माण गर्न संसद विकास कोषबाट १५ लाख दिने सासद अभिषेक प्रताप शाहले घोषणा गर्नु भएको छ ।

 विद्यालयलाई देश कै नमुना विद्यालय बनाउनु पर्नेमा जोड दिदै शाहले विद्यार्थीको चाप र शिक्षाको गुणस्तरमा ध्यान दिन विद्यालयका शिक्षकहरुलाई सुझाव समेत दिनु भयो ।


कपिलवस्तु शिवराज नगरपालिका १ मा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयको ४३ औं बार्षिक उत्सव तथा १९ अभिभावक दिवसको अवसरमा बोल्दै शाहले विद्यालयले कक्षा नर्सरी देखी कक्षा नौ सम्म अंग्रेजी माध्यमका कक्षा संचालन गरी विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरी उनीहरुको उज्जवल भविष्य निर्माण गर्न गरेको यस प्रयासको खुलेरै  शाहले प्रशंसा समेत गर्नु भयो ।

 विद्यालयले संचालन गरेको प्राविधीक शिक्षाले दक्ष प्राविधीक निर्माणमा टेवा पुराएको समेत शाहले बताउनु भयो ।

विद्यालयमा हाल कक्षा १२ सम्म कुल २४ सय विद्यार्थीले अध्ययन गरीरहेको र अगामी बर्षहरुमा विद्यार्थीको संख्या ४ हजार पुराउने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोखरेलले बताउनु भयो । बर्षेनी विद्यार्थी संख्या बृद्धि भइरहेकोले विद्यालयमा भौतिक संरचना थप निर्माण गर्नु पर्ने समेत प्रअ पोखरेलले बताउनु भयो । ८० जना शिक्षक शिक्षीकाले अध्यायपन गराउने विद्यालयमा ३७ वटा कोठामा कक्षा संचालन गरिरहेको र कक्षा कोठा थप गर्नु पर्ने आवश्यता रहेको छ ।

 विद्यालयले गतबर्ष बाट  अभियानको रुपमा संचालन गर्दै आएको अंग्रेजी माध्यमका कक्षाहरु निरन्तर संचालन भइरहने र यो अभियान कुनै पनि शक्तिले रोक्न नसक्ने प्रअ पोखरेलले बताउनु भयो ।

 यसविद्यालयमा जिल्ला शिक्षा कार्यालयबाट संचालित एकीकृत शिक्षा संचालन भएको र यस अन्तर्गत १० जना दृष्टि विहिन विद्यार्थीहरुले अध्ययन गरिरहेको प्रअले बताउनु भयो । यसै शैक्षिक सत्रबाट भारतिय दुताबासको सहयोगमा प्राप्त भएको विद्यार्थीहरुका लागी  बस सेवा पनि संचालन हुने उहाँले बताउनु भयो ।

 विद्यालयले आगामी बर्षमा विद्यालयमा छात्रावास भवन निर्माण गर्ने, क्यान्टिनको स्तरउन्नती गर्ने शिक्षाको गुणस्तरलाई अझ वृद्धि गर्न अतिरिक्त क्रियाकलाप संगै अन्य कार्यक्रमहरु गर्ने योजना रहेको समेत प्रअ  पोखरेलले बताउनु भयो ।

विद्यालयको ४३ औं बार्षिक उत्सव तथा १९ अभिभावक दिवसको अवसरमा दिर्घ बहादुर के.सी.को सम्झनामा उहाँका छोराहरु अर्जुन के.सी., गणेश के.सी., र रामचन्द्र के.सी.ले स्थापनको गरे ५ लाखको अक्षयकोषको व्याजबाट २८ जना गरिव जेहेन्दार ,विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको छ । 

छात्रबृत्ति रकम विद्यार्थीहरुलाई स्व केसी की श्रीमती केसरा केसी ले  वितरण गर्नुभएको हो । सगै प्रेम चन्द्र स्मृती अक्षयकोष मार्फत ६ जना गरिवि जेहेनदार विद्यार्थीहरुलाई  रकम वितरण गरिएको छ ।दिवशको अवशरमा लामो समय सम्म विद्यालयमा अध्यापन गराएका अवशकास प्राप्त शिक्षक दयाराम चौधरी र द्रोण प्रसाद अधिकारीलाई विद्यालयलाई पुर्याएको योगदानको सम्मान गर्दै ढाका टोपी र मायाको चिनो प्रदान गरिएको छ । 

कार्यक्रम मार्फत विद्यालय प्रथम तथा उत्कृष्ण नतिजा ल्याई पासहुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरीएको छ ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वालकराम वुढाले कार्यक्रम समापन गर्दै उत्कृष्ण विद्यालय बनाउने योजना एक्लो प्रयासले नहुने भएकाले सम्पुण अभिभावकहरु साथ आवश्य रहेको वताउनुभयो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वालकराम वुढाको अध्यक्षता,कपिलवस्तु क्षेत्र न ३ का सांसद अभिषेक प्रताप शाहको प्रमुख आतिथ्यता,शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीको,जिल्ला शिक्षा अधिकारी सुरेन्द्र पराजुलीको विशिष्ट आतिथ्यत सम्पन्न कार्यक्रममा समाजसेवी तथा युवा नेता अजय थापा,हुमाकान्त खनाल,भवनराज पौडेल लगाएत शिक्षाप्रमी तथा अभिभावकहरुको सहभागीता रहेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!