विद्युत महशुल नवुझाउने सरकारी कार्यलयलाई अल्टिमेटम, १७ लाख वढी विद्युत महशुल बक्यौता

Posted on: 19 Jan, 2019

माधव बेल्वासे | माघ ५, कपिलवस्तु | कपिलवस्तुका अधिकांश सरकारी कार्यलयहरुले विद्युत महशुल वुझाएका छैनन् । सरकारी कार्यलयहरुको लापरवार्हीले गर्दा लाखौ रकम बक्यौता देखिएको छ । विद्युत वितरण केन्द्र कृष्णनगरका अनुसार अधिकांश सरकारी कार्यलहरुले महशुल नवुझाएको जनाएको छ । वितरण केन्द्र अन्तरर्गत रहेका ५ वटा स्थानिय तहमा गरी १७ लाख ३९ हजार भन्दा वढी महशुल बक्यौता रहेको वितरण केन्द्रका प्रमुख लक्ष्मीकेशर अगंञ्जाले वताए । शिवराज नगरपालिका,कृष्णनगर नगरपालिका,वुद्धभुमी नगरपालिका ,महाराजगंज नगरपालिका र विजयनगर गाउँपालिकामा रहेका सरकारी कार्यलयहरुमा सो रकम बाकी रहेको हो ।

पाँच स्थानिय तह मध्ये सवै भन्दा वढी विजयनगर गाउँपालिकाको रहेको छ भने थोरै शिवराज नगरपालिकामा रहेको छ । विजयनगर गाउँपालिकामा रहेका कार्यलय वाट ८ लाख २ हजार १ सय ५८ रुपैया वाकी रहेको छ जसमध्ये साविक गणेशपुर गाविसमा ६ हजार २ सय ६८,खुरुहुरिया गाविसमा ४८ हजार ५ सय ६९, स्वास्थ्य चौकी पत्थदेहियामा २१ हजार २ सय ५७ र पशु सेवा केन्द्र गणेशपुरमा ७ लाख २६ हजार ६४ रकम बक्यौता रहेको छ ।

त्यस्तै कृष्णनगर नगरपालिका पनि महशुल नतिर्ने दोस्रो नम्वरमा परेको छ । हाल नगरको मातहतमा रहेको साविक कृष्णनगर गाविसको ९६ हजार ४ सय ५३,भिल्मी गाविस २९ हजार ६सय ४१ ,पुरुषोत्तमपुर गाविस ४ हजार १ सय ७६,विद्यानगर गाविस ३७ हजार ९ सय ६५, अजिगरा गाविस १ हजार १ सय ५५,सिर्सिहवा गाविस २ लाख ६३ हजार ९ सय ८२ , स्वास्थ्य चौकी पुरुषोत्तमपुर ५ हजार ५ सय ५४ ,कुशहवा स्वास्थ्य चौकी २४ हजार ८ सय ४९ ,जिल्ला उपस्वास्थ्य चौकी वहादुरगज ७७ हजार ४ सय ८६ गरी कुल जम्मा ५ लाख ४१ हजार २ सय ६३ रकम बक्यौता रहेको छ ।

तेस्रो नम्वरमा भने वुद्धभुमी नगरपालिका रहेको छ । यस मातहत रहेका सस्थावाट १ लाख ९६ हजार ५ सय २ रुपैया बक्यौता रहेको छ जसमा साविक वुडडी गाविसको ३४ हजार २ सय ५१,बरकलपुर गाविसको २ हजार ४ सय ९२ धनकैली गाविसको  ३६ हजार ८ सय ७३, वुद्धभुमी नगरपालिकाको कार्यलयको ३४ हजार १ सय ९५,राजपुर हेल्थ पोष्ट को १ हजार ६ सय १२,दुविया उपस्वास्थ्य चौकीको २ हजार ३सय ८२, महुवा स्वास्थ्य चौकीको ६ हजार ८ सय ९०,कृषि सेवा केन्द्र वुडढी ४९ हजार ८ सय ३५,कृषि तथा पशु सेवा केन्द्र हनुमानचोक २७ हजार ९ सय ६८ रकम बक्यौता रहेको छ ।

त्यस्तै महाराजगंज नगरपालिकामा पनि १ लाख ५९ हजार ७ सय ९६ रकम बक्यौता रहेको छ । जसमा साविक महाराजगंज गाविसको ५९ हजार ५ सय ८७,  कुशहवा गाविसको ४८ हजार ८ सय ३०, कजरहवा गाविसको ८ हजार ८ सय, हरदैना स्वास्थ्य चौकीको ३९हजार १ सय ५२, बुटहनिया उपस्वास्थ्य चौकी ३ हजार ४ सय ३६ रकम महशुल वाकी रहेको छ ।

यता शिवराज नगरपालिकाको भने अन्य तह भन्दा कम रहेको छ । शिवराज नगरपालिका अन्तरर्गत साविक गाविस जवाभारीमा १२ हजार ६ सय ३२ र उपस्वास्थ्य चौकी गौराभारीमा २७ हजार २ सय १५ गरी जम्मा ३९ हजार ८ सय ४८ बक्यौता रहेको छ ।

वितरण केन्द्रको अल्टिमेटम

नेपाल विद्युत प्रविधिकरण कृष्णनगर वितरण केन्द्रले महशुल वाकी रहेको संघ सस्थालाई अल्टीमेटम दिएको छ । अन्य सस्था भन्दा सरकारी कार्यलयहरुले विद्युत महशुल तिर्न लापरवार्ही गरेको केन्द्रले जनाएको छ । बक्यौता वाकी रहेकालाई केन्द्रले माघ २ गते सवै कार्यलयहरुलाई पत्र पठाएको छ ।

 विगतका वर्ष देखी २०७५ पौष सम्मको बक्यौता रकमको विवरण स्थानिय तहलाई पठाइएको केन्द्रका प्रमुख लक्ष्मीकेशर अगंञ्जाको भनाई छ । माघ १५ गते भित्र महशुल नवुझाए नियम अनुसार लाइन काटने समेत पत्रमा उल्लेख गरेको उनले वताएका छन ।

सरकारी कार्यलयमा लाइट काट्दा सेवाग्रहीहरुलाई समस्या पर्ने भन्दै अहिले सम्म विद्युत अवरुद्ध नगराएको वुुझिएको छ । यता कार्यलयमा लाइट काटेपछी उच्च स्तरीय व्यक्तिको दबाव तथा राजनितिक दबाव आउने गरेको जनाइएको छ ।

के भन्छन कार्यलय प्रमुख

विद्युत महशुल वुझाउने विषयका कार्यलय प्रमुख भने अनविज्ञ रहेका छन । साविकका कार्यलयहरुले लापरवार्ही गरेको भन्दै  पन्छिन खाजेका छन । विजनयगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र चौधरीले बक्यौता रकम छ भन्ने थाहा भएपनि के कति छ भन्ने जानकारी नभएको वताए । अहिलेका कार्यलयको बक्यौता नरहेको वताउदै पुराना कार्यलयले नबुझाएका कारण समस्या आएको जनाए ।

 त्यस्तै महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकयि अधिकृत डोलराज ढकालले पनि वाकि रहेको महशुल बुझाउन नसक्ने वताए । पुराना कार्यलयहरुले लापरवार्ही गरे अहिले कहा वाट जुटाउने स्रोत ढकालले भने ।

कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शत कुमार पोख्रेलले बक्यौता रहेको छ भन्ने पहिलो पटक जानकारी भएको वताए । नगरका मातहतमा रहेको कार्यलयहरुको बक्यौता रकम नगरकार्यपालिका वाट पारित गरेर भुक्तानी गरिने जनाए ।

वुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले भने विद्युत प्रविधिकरणलाई दोष देखाएका छन । पटक पटक वाकि रहेको रकमको विवरण ल्याउन आग्रह गरेपनि वितरण केन्द्र बिल नदिएको उनले वताए । नगर सभा वाटै महशुल तिर्न भनि बजेट विनियोजन गरेकोले रकम भुक्तानीको लागी कुनै समस्या नरहेको वताए ।

शिवराज नगरपालिकाले भने वाकि रहेको वक्यौता रकम एक हप्ता भित्र भुक्तानी गर्ने जनाएको छ  । साविकका गाविसहरुको लापरवार्हीले गर्दा महशुल वाकि रहेको वताउदै भुक्तानीको लागी लेखा शाखालाई जानकारी गराएको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!