कपिलवस्तुमा प्रमुख दलले उम्मेदवारको टुङ्गो लगाए, कुन दलबाट को परे ?

Posted on: 10 Oct, 2017

इमरान खान/असोज २४, कपिलवस्तु । आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कपिलवस्तुका प्रमुख तीन दलले उम्मेदवारको नाम केन्द्रमा पठाएका छन । 

नेपाली कांग्रेस, नेकपा एमाले र ने.का.पा. माओवादी केन्द्रले जिल्लाबाट केन्द्रमा उम्मेदवारको नामावली सिफारिस गरेर पठाएका हुन । कपिलवस्तुमा प्रतिनिधि सभातर्फ ३ र प्रदेशसभा तर्फ ६ निर्वाचन क्षेत्र रहेको छ । 

भारतका लागि नेपाली राजदूतबाट राजीनामा दिएका दीपकुमार उपाध्यायको नाम नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरेको छ । उपाध्याय संगै सांसद अतहर कमाल र पूर्व राज्यमन्त्री कमलेशकुमार शर्माको नाम पनि प्रतिनिधिसभा सदस्यका सिफारिस भएको छ ।

भारतका लागि नेपाली राजदूतबाट राजीनामा दिएका दीपकुमार उपाध्यायको नाम नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस त गरे तर उनी सर्वसम्मत रुपमा सिफारिस हुन सकेनन । त्यसतै गरि निर्वाचन क्षेत्र नम्बर २ बाट सांसद सुरेन्द्रराज आचार्य तथा क्षेत्र नम्बर ३ बाट फोरम नेपाल पार्टि प्रत्याग गरि हालै कांग्रेस प्रवेश गरेका सांसद अभिषेक प्रताप साहको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्यालयले जनाएको छ ।

 प्रदेश सभाको लागि १ क बाट दुर्गा सेन, ललित गुरुङ तथा विक्रम थापा त्यसतै गरि १ ख बाट ओजी अरसद, राजेश आचार्य, लोकराज शर्माको नाम पठाइएको छ । निर्वाचन क्षेत्र नम्बर २ को क बाट प्रदेशसभाका लागि पदम खनाल, जवाहर थारु, विष्णु गैरे र २ को ख बाट सुधाकर पाण्डे, राजु अर्यालको नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरिएको छ । 

त्यसतै गरि ३ को क मा अजय थापा, हुमाकान्त खनाल र ३ ख मा अकिल मियाको नाम पठाइएको छ । कांग्रेसले प्रतिनिधि सभा समानुपातिकका लागि १५ जना र प्रदेश समानुपातिकका लागि ६० जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ ।

नेकपा एमालेबाट ? 

नेकपा एमालेको जिल्ला कमिटीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा सांसद बलराम अधिकारी, विष्णु पन्थी, हिरालाल पौडेल र शान्ता पौडेल रहेका छन । निर्वाचन क्षेत्र नम्बर २ बाट सांसद बृजेश कुमार गुप्ताको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ ।

सांसद बृजेश कुमार गुप्ताले राजपा प्रत्याग गरि सूर्य चुनाव चिह्नमा लि लड्दैछन । त्यस्तैगरि प्रतिनिधि सभा तर्फको ३ नम्बर निर्वाचन क्षेत्रमा क्षेत्रबहादुर खत्री, अहमद अब्दुल रउफ, महादेव पोख्रेल, शुशीला खनाल र निशा विश्वकर्मा रहेका छन ।

प्रदेश सभातर्फको निर्वाचन क्षेत्र नम्बर १ को क मा कृष्ण पौडेल, जञ्जिरप्रसाद थारु, डम्मर शर्मा, सासंद विश्राम थारु र महिला मा शारदा पोख्रेलको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर १ को ख मा अजिजुर रहमान शेष, अर्सराद अहमद खाँ, जगन्नाथ कुर्मी चौधरी, फैजल खाँ र रामनयन यादव को नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा सदस्य तर्फ निर्वाचन क्षेत्र नम्बर २ को क मा दीर्घनारायण पाण्डे (पप्पु) को एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ को क मा अर्जुन केसी, लंकबहादुर हमाल र हुमा पौडेलको नाम प्रदेश सभाको लागि सिफारिस भएको छ । 

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को ख मा एकल मिर्जा अरसद बेगको नाम सिफारिस गरिएको एमालेले जानकारी दिएको छ । प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर २ को ख मा केही समयपछि नाम सिफारिस गर्ने जनाएको छ ।

माओवादी केन्द्रबाट ?

नेकपा माओवादी केन्द्रले क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा हालका सासंद एवम सार्वजनिक लेखा समिति सभापति डोरप्रसाद उपाध्यायको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं. २ बाट गिरीधारीलाल न्यौपाने र रुद्रलाल बन्जाडेको नाम सिफारिस गरेको छ । ३ नम्बर क्षेत्रबाट माओवादी स्थायी समिति सदस्य चक्रपाणि खनाल (बलदेव) र शिवप्रसाद जैसवालको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क बाट विष्णु बेल्बासे, ३ क बाट सन्तोषी पाण्डे र ख बाट जावेद मुसलमानको मात्रै टुंगो लागेको माओवादी नेताहरुले बताएका छन । 

स्रोतका अनुसार अन्य उम्मेदवारहरुको नाम टुंगो लगाउन बाँकी भएकाले क्षेत्र र नाम हेरफेर हुन सक्नेछ । यद्यपी एमाले, माओवादी र नयाँ शक्ति पार्टीको समीकरणका कारण कुन क्षेत्रबाट को लड्ने भन्नेमा जिल्ला तहमा छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन ।

नयाँ शक्ति पार्टीले पनि टुंग्यायो उम्मेदवार 

नया शक्ति पार्टी नेपाल कपिलवस्तुको छैठौं जिल्ला सचिवालयको बैठकले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ क्षेत्र नं. १ मा प्रदेश संयोजक दानबहादुर चौधरी र राम लौटन तिवारी, क्षेत्र नं. २ मा इन्द्रमणि पौडेल र क्षेत्र नं. ३ मा इलियास मुसलमानलाई उम्मेदवार बनाउने निणर्य गरेको छ । 

त्यसैगरी प्रदेशसभा तर्फ क्षेत्र नं. १ को क मा मेघनाथ पौडेल र ख मा सुरेन्द्र तिवारी, क्षेत्र नं. २ को क मा सन्तोष पाण्डे, ख मा राजेन्द्रमणि पाठक, क्षेत्र नं. ३ को क मा मसहुद खां नेपाली, ख मा देवबहादुर भुसाललाई सिफारिस गरिएको छ । 

त्यसैगरी प्रतिनिधिसभाको समानुपातिक तर्फ जिल्ला संयोजक नारायण खनाल, विष्णुहरि शर्मा, अब्दुल मोबिन मुसलमान, कुञ्ज विहारी चौधरी र मोहम्मद तौफिक खाँको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ । यता प्रदेश सभाको समानुपातिक तर्फ क्षेत्र नं. १ मा चोपलाल राहुल, इन्द्रमणि चौधरी र विन्द्रावती तिवारीको नाम सिफारिस गरिएको छ । 

त्यस्तै क्षेनं. २ तर्फ आत्माराम पौडेल र छविलाल हरिजन, क्षेत्र नं. ३ तर्फ मोहम्मद इस्हाक र मुकुट यादवको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको जिल्ला सचिवालय सदस्य मेघनाथ पौडेलले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!