यी हुन् ६ बर्षीय बालिका वलत्कार गरि हत्या गर्ने युबक

Posted on: 15 Feb, 2017


फागुन ४, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने शोभाखर अधिकारिकि ६ वर्षिय छोरि सीता अधिकाररीलाई वलत्कार गरि मार्ने युवकलाई प्रहरिले  पक्राउ गरेको छ । 

वुधवार वडा प्रहरि कार्यलय चन्द्रौटाले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । प्रक्राउ पर्नेमा  शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने १९ वर्षिय भिम वहादुर कुवर रहेको वडा प्रहरि कार्यलय चन्द्रौटाले जनाएको छ ।

सोमवार साझ ७ वजे घरमा खेल्दै गरेको अवस्थामा हराएकि वालिकाको मङगलवार विहान चन्द्रौटा सशस्त्र प्रहरि गणको पछाडि जवाई खोलामा शव फेला परेको थियो  । 

विगत तीन दिन अघि पनि यसै ठाउँमा एक महिला वलत्कृत भएकि थिईन । चन्द्रौटावासिहरुले यस क्षेत्रमा दिन प्रतिदिन असुरक्षितको महशुस  गरेका छन । सशस्त्र प्रहरि गण भन्दा १०० मिटर उत्तरमा यस्तो घटना हुनु लज्जास्पद रहेको स्थानियको भनाई छ ।

यता घटना घटेको २४ घण्टा नबित्दै प्रहरि अपराधिलाई पक्राउ गर्न सफल भएको हो । कुवरलाई हत्या र करणि मुद्धा अनुसार कानुन वमोजिम कारवाहि हुने प्रहरिले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!