निजी विद्यालयलाई राज्यले विभेद गरेको गुनासो

Posted on: 21 Mar, 2017


दिपक अनुरागी/चैत ८, कपिलवस्तु । निजी विद्यालयलाई राज्यले विभेदपुर्ण व्यवहार गरेको एक कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् । 

राज्यले निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई दोस्रो नागरिक ठानेको पनि उनिहरुले आरोप लगाए । देशको शिक्षामा निजी विद्यालयको भूमिका पनि महत्वपूर्ण रहेको ठान्न राज्यलाई उनिहरुले आग्रह पनि गरे । निजी तथा आवसिय विद्यालय अग्रनाइजेशन पुर्वी कलस्टर कपिलवस्तुले मङ्गलबार गजेहडामा राखेको सम्मान कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्याब्सन प्रदेश नम्बर ५ का अध्यक्ष कृष्ण प्रसाद खनालले राज्यबाट आफुहरु चेपुवामा परेको जिकिर गर्नुभयो । राज्यले विद्यार्थीलाई दिदै आएको सेवा सुविधामा निजी विद्यालयका विद्यार्थीलाई नदिएको भन्दै अध्यक्ष खनालले चरणबद्ध संघर्षमा उत्रिनुपर्ने बेला आएको बताउनुभयो ।

जिल्ला शिक्षा कार्यलयका विद्यार्थी निरिक्षक खिम बहादुर जिसीले भने अलि फरक विचार राख्नुभयो । राज्यले बनाएका कानुन अनुसार निजी विद्यालय सञ्चालन गनुपर्ने धारणा राख्नुभयो । राज्यबाट केहि कमीकमजोरी भए सच्चाउदै जानु पर्ने बताउदै विद्यालय निरिक्षक जिसीले निजी विद्यालयहरु पनि राज्यको नियममा सञ्चालन भई विश्वास दिलाउनुपर्ने जिकिर गर्नुभयो ।

व्याप्सनका केन्द्रिय सदस्य सवेन्द्रदेव खनालले आफुहरुको कार्यकालमा निजि विद्य्रालयको हक हितमा रचनात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राज्यले गरेको विभेदका विरुद्ध संघर्ष गर्ने उहाले जनाउनुभयो ।

प्याब्सनका जिल्ला अध्यक्ष नरेन्द्र भूषालले बोलेर भन्दा पनि काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो । निजी विद्यालयमा देखाएका समस्याहरुलाई एक जुट भएर समाधान गर्न तर्फ आफु निरन्तर लाग्ने जनाउनुभयो ।

संस्थापक अध्यक्ष डिल्लिराम भट्टराइले न्यून मात्राका निजी विद्यालयबाट शुरु भएको प्याब्सन देशभरकै सबैभन्दा ठुलो हुन पुगेको भन्दै खुसी व्यक्त गर्नुभयो । निजी विद्यालयहरुले विद्यार्थीलाई गुणस्तरिय शिक्ष्ााँ दिई अभिभावकको मन जित्नुपर्नेमा जोड दिनुभयो ।  

उक्त कार्यक्रममा प्याब्सनको १३ औ राष्ट्रिय महाधिवेशनमा निर्वाचित केन्द्रिय सदस्य सवेन्द्रदेव खनाल, दोस्रो बैठकबाट मनोनित हुनुभएका कृष्ण केशि, प्रदेश सहसचिव केशव सापकोटा र प्याब्सन पूर्व जिल्ला अध्यक्ष डिल्लिराम भट्टराईलाई प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।  

कार्यक्रमको समापन गर्दै नेप्सा पूर्वी कलस्टरका अध्यक्ष रोमाकान्त घिमिरेले प्याब्सन माथिल्लो समितिमा निर्वाचित साथीहरुलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा पनि यस्तै काम गर्न पाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेप्सा पूर्वी कलस्टरका सचिव राजु अधिकारीको सञ्चालनमा भएको कार्यक्रमको स्वागत मन्तव्य प्याब्सनका जिल्ला सचिव सुन्दर पाण्डेले गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!