कपिलवस्तुमा ट्याक्टर र ट्रिपरमाथि ट्राफिक प्रहरीले कारवाही गर्न थाल्यो

Posted on: 26 Nov, 2017

इमरान खान/मङ्सिर १०, कपिलवस्तु । कपिलवस्तुको यस बर्षको नयाँ ठेक्का पश्चात् नदी जन्य पदार्थ ढुंगा, गिटि तथा बालुवाको निकासी कारोबारसंगै बालुवा बोक्ने ट्रकहरु, ट्रिपर तथा ट्रयाक्टरहरुले सडकमा अत्यधिक मात्रामा पानी चुहाउने र ट्रलीमा ढाला थप गरि स्वरुप परिवर्तन गरेका सवारी साधनहरु माथि कपिलबस्तु ट्राफिक प्रहरीले कारवाही थालनि गरेको छ । 


यसरी ट्रलिमाथि ढाला थप गरेका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई सवारी धनि वा सवारी चालकलाई नै थप ढाला कटाउन अनुरोध गरिएको र अटेर गरे प्रहरी आफैले ढाला कटाई नियमानुसारको जरिवाना गरिने वा स्वरुप परिबर्तन गरेको कसुरमा यातायात ब्यबस्था कार्यालयमा जरिवाना तिर्नका लागि लेखापढि गरिने जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरक्षक अम्मर बहादुर कार्की ले जनाएका छन । 

त्यसै गरि सडकमा पानी चुहाउने सवारी साधनलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई सुरक्षित स्थानमा राखी पानी चुहाउन लगाउने र नियमानुसारको जरिवाना गरिने बताएको छ । यसै क्रममा आज कपिलवस्तुको राजमार्ग स्थित चन्द्रौटा, गोरुसिंगे र पिपरा क्षेत्रका विभिन्न सडकखण्डमा ढाला थप तथा पानी चुहाउने सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहि गरे पश्चात छाडिएको छ । 

थोरै बढि आय आर्जन गर्ने उद्धेश्यले नियम बिपरित ढाला थप नगर्न र सडकमा पानी नचुहाई दिन सबै सवारी धनि, चालक तथा अन्य सरोकारवाला महानुभावहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुको अनुरोध छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!