लफ्याङमा ‘सिकाई पुस्तकालय’

Posted on: 04 Aug, 2018

चिसाङ शेर्पा | साउन १९, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘सिकाई पुस्तकालय’ सुरु भएको छ । लफ्याङका विधार्थीहरुका लागि धेरै भन्दा धेरै पुस्तक पढ्ने वातावरण सिर्जना गराउन पुस्तकालयको सुरुवात गरिएको हो ।

शिक्षा मन्त्रालय, विद्धालय व्यवस्थापन समिति र वडा शिक्षा समितिको सहयोगमा लफ्याङस्थित श्रीमावि वासवोटेमा शुक्रबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र वडाध्यक्ष निर्मल राईले संयुक्तरुपमा सिकाइ पुस्तकालयको उद्घाटन गरेका छन् ।

पुस्तकालयमा धेरै किसिमका पुस्तक पढ्न पाईने र निकट समयमा विधुतीय पुस्तकालय बनाउने उद्देश्य रहेको वडा शिक्षा समिति संयोजक तथा लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए । वडा शिक्षा समिति लफ्याङले प्रकाशन गरेको शैक्षिक क्यालेण्डर अनुसार प्रथम त्रैमाशिक परिक्षाको नतिजा प्रकाशनका दिन पारेर पुस्तकालयको उद्घाटन गरिएका हो । 


तश्विरमाः सिकाइ पुस्तकालय उद्घाटन गर्नुहुंदै अतिथिहरु । तस्विर: निर्मल राईको फेसवुक । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!