अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १ नम्बर प्रदेश पहिलो

Posted on: 02 Mar, 2019

चिसाङ शेर्पा | फागुन १८, खोटाङ | प्रथम आमन्त्रित अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १ नम्बर प्रदेश प्रथम भएको छ । सातै प्रदेशले सहभागिता जनाएको प्रतियोगितामा १३ स्वर्ण, ५ रजत र ५ कास्य ल्याएर प्रदेश नम्बर १ पहिलो भएको हो ।


नेपाल सितोरियो कराते संघ रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिकाको प्रायोजनमा भएको दुइ दिवसीय प्रतियोगितामा महिला एकलकातामा रोश्मा राई, महिला समुहकातामा विद्याकला राई, नन्जु राई, रोश्मा राई तथा पुरुष एकलकातामा मोतिचन्द्र राई तथा पुरुष समुहकातामा अर्जुन श्रेष्ठ, रुरीहाङ दुमि र मोतिचन्द्र राईले स्वर्ण पदक जितेका हुन्् ।

महिला कुमितेतर्फ २५ केजी तौलमा सन्ध्या राई, ३० केजी तौलमा सोनाम शेर्पा, ५५ केजी तौलमा विद्याकला राई, पुरुष कुमितेतर्फ ४५ केजी तौलमा पर्शुराज राई, ६० केजी तौलमा सन्तोष राई, ६७ केजी तौलमा रुरीहाङ दुमि, ७५ केजी तौलमा सुजन राई, ६८ प्लस महिला कमितेमा मिसडोना राई तथा ७५ केजी तौलमा ईश्वरधन राईले स्वर्ण पदक जितेका छन् । ३५ केजी तौलमा भूमिका बस्नेत, ४५ केजी तौलमा मोनिका वाग्ले, ५० केजी तौलमा नन्जु राई तथा पुरुष कुमितेतर्फ २५ केजी तौल समुहमा रोशन श्रेष्ठ र ६८ केजी तौलमा सोना राईले रजत पदक जितेकी छन् । 

यस्तै, पुरुष कुमितेतर्फ ३० केजी तौलमा ज्ञान बहादुर बिक, ३५ केजी तौलमा मन्दिप अधिकारी, ४० केजी तौलमा सुर्यचन्द्र राई, महिला कुमितेतर्फ ४० केजी तौलमा डुनु राई तथा ६१ केजी तौलमा समिता राईले कास्य पदक जितेकी छन् । प्रतियोगितामा प्रदेश नम्बर ७ दोश्रो र प्रदेश नम्बर २ तेश्रो भएका छन् । प्रदेश नम्बर १ का रुरीहाङ दुमि र प्रदेश नम्बर २ की खुस्बु खड्काले उत्कृष्ट खेलाडीको सम्मान पाएका छन् । प्रदेश नम्बर एकको प्रतिनिधित्व गरेर खोटाङका २१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!