नव गायिका रश्मी चाम्लिङ राईको आधुनिक पप गित बजारमा (भिडियोसहित)

Posted on: 06 Nov, 2017

खोटाङकी नव गायिका रश्मी चाम्लिङ राईको दोस्रो गित बजारमा आएको छ । 

‘एक, दुई तिन भन्दै मायाको गन्ती शुरु भो’ वोलको आधुनिक पप डोइट गित युट्युवमार्फत बजारमा आएको हो । जन्तेढुंङा गाउँपालिका डम्र्बखुशिवालय–४ निवासी २६ वर्षिय राईको ‘झ्यानकुटी झ्याई’ कभर गितपछि एक, दुई तिन.. गित सार्वजनिक भएको हो ।

शंकर अधिकारी घायलको रचना तथा पुष्कर सुनुवारको संगीत रहेको गितमा राईलाई संगीत संयोजक पुष्कर सुनुवारले साथ दिएका छन् । वाल्यकालदेखी नेपाली गितसंगीतमा रुचि राख्ने राई जन्तेढुंङा गाउँपालिकास्थित चिसापानी उच्च माध्यमिक विद्धालयमा प्रविणता प्रमाणपत्र तहमा अध्ययनरत छिन् । 

काठमाण्डौ कोटेश्वरस्थित डाईनेमिक एकेडेमीमा साढे २ वर्ष संगीत कक्षा लिएकी उनीलाई भविष्यमा असल गायिका बन्ने रहर छ । 

केही समयमा नै २/३ वटा गितहरु तयार भएको र चाँडै स्वरवद्ध गरी वजारमा ल्याउने तयारी भएको नव गायिका राईले बताईन । १५ दिनअघि युट्युवमार्फत रिलिज भएको ‘एक, दुई तिन भन्दै मायाको गन्ती शुरु भो’ गित यो समाचार तयार पार्दासम्म ५ हजार १ सय ५४ भ्र्युस संख्या पुगेको छ । प्रस्तुति:चिसाङ शेर्पा, खोटाङ

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!