खोटाङ आईडलको दोश्रो अडिसन दिक्तेलमा जारी, ७ गाउँपालिका सकियो

Posted on: 12 Jan, 2018

चिसाङ शेर्पा/पुस २८, खोटाङ । खोटाङ आईडलको दोश्रो अडिसन दिक्तेलमा जारी रहेको छ । 

जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको दोश्रो अडिसन शुक्रबारबाट सदरमुकाम दिक्तेलस्थित स्थानिय हेलिप्याडमा जारी रहेको हो ।

‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने योजनाका साथमा सञ्चालित ‘खोटाङ आईडलकोे रियालिटी शोमा १६८ बढीले आफ्नो प्रतिभा प्रस्तुत गरीरहेका छन् । शुक्रवार सात गाउँपालिकाका ८० जनाले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । 


परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शोको दोश्रो चरण अडिसनका लागि जिल्लाको आठ गाउँपालिका, दुई नगरपालिकादेखी १ सय ६८ जना प्रतियोगीहरु छनौटमा परेका छन् । दोश्रो अडिसनबाट करीब सयजना बाहिरिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो ।

शुक्रबारदेखी जारी आईडलको दोश्रो अडिसन शनिवार सकिने र नतिजा प्रकाशन गरिने कार्यक्रम संयोजक राईले बताए । राईका अनुसार माघ ८ गते मल्टीराउण्ड अडिसन हुनेछ । 

दिक्तेल बजारको स्थानिय हेलिप्याडमा जारी दोश्रो अडिसनमा गायक सागर संसार राई, राजेश पुमा राई, भक्त बिक र दान बहादुर राई निर्णायकमा रहेका छन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!