मोटरसाइकल ट्रकसँग ठोक्किँदा एकजनाको मृत्यु

Posted on: 25 Feb, 2017

फागुन १४, खोटाङ । मोटरसाइकल ट्रकसँग ठोक्किँदा एकजनाको मृत्यु भएको छ । 

स४प ४८६१ नं को मोटरसाइकल बा२ख ५२०८ नं को ट्रकसँग आज बाहुनीडाँडा–५ स्थित रातोडाँडामा ठोक्किँदा त्रियुगा नगरपालिका–२ का ३५ वर्षीय कमल राईको मृत्यु भएको हो । 

दुर्घटनामा राईकी श्रीमती पवि गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिनुभयो । उ

हाँको ओखलढुङ्गाको हर्कपुरस्थित आस्था मेडिकल हलमा उपचार भइरहेको छ । शिवरात्रिको अवसरमा हलेसी दर्शन गर्न गरेर फर्किएका राई दम्पति चढेको मोटरसाइकल ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!