खोटाङको खोटेहाङ गाउँपालिकामा एमाले विजयी

Posted on: 02 Jul, 2017

असार १८, खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका अध्यक्षमा नेकपा एमाले बिजयी भएको छ ।

एमालेबाट उम्मेदवार बनेका प्रदीप राई ३१२७ मत ल्याएर बिजयी भएका हुन् । 

उपाध्यक्षमा एमालेकै कविता राई ३०२० मत ल्याएर विजयी भएकी छन् । अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजन ढकालले २६८२ मत साथै उपाध्यक्षमा माओवादी केन्द्रकै शुशिल वान्तवा राईले २३०९ मत प्राप्त गरेकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!