खोटाङमा पनि भारतीय हस्तक्षेप विरुद्ध नेविसंघको विरोध जुलुस

Posted on: 11 Nov, 2019

चिसाङ शेर्पा | कार्तिक २५, खोटाङ | भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेपछि खोटाङमा विधार्थीहरुले विरोध जुलुस निकालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघ दिक्तेल बहुमुखी क्याम्पस इकाई समितिले सोमबार दिक्तेलबजारमा भारतीय हस्तक्षेप विरुद्धमा चर्को नाराबाजी गर्दै विरोध जुलुस निकालेका हुन् ।


दिक्तेलबजारको सरस्वती माविको गेट नजिकबाट चर्को नाराबाजाी गर्दै सिमा मिच्न पाइन्दैन, हाम्रो माटो हाम्रो देश प्राण भन्दा प्यारो छ, कैले गौतमबुद्ध कैले सिमा कहाँ हुन्छ देशको विमा, भारतीय हस्तक्षेपको विरुद्धमा जवाफ दिन घुंडा नटेक सरकार जस्ता नारा लेखिएका प्लेकार्डसहित विधार्थीहरुले विरोध जुलुस गरेका थिए । वेसक्याममा पुगेर कोणसभामा परिणत भएको विरोध जुलुसलाई नेविसंघका जिल्ला सह सचिव किसन भुजेल, नेविसंघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर संयोजक मोतिचन्द्र राई र दिक्तेल बहुमुखी क्याम्पस इकाई समिति सभापति सुमनवावु आचार्यले सम्बोधन गरेका थिए । 


सम्बोधनका क्रममा विधार्थी नेताहरुले नेपाली भूभगाको जमिन बचाउन आफ्नो ज्यानको आहुती दिनसमेत पछि नपर्ने बताए । आफ्नो भूमि जोगाउनमा गाउँ शहरदेखी नेतृत्व निकायसम्मका व्यक्तिहरु पछि नहट्न समेत आग्रह गरे |

यस बिषयमा तपाइको प्रतिक्रिया...!