खोटाङका आगलागी पीडितलाई राहत सामग्री

Posted on: 02 Dec, 2016

मङ्सिर १७, खोटाङ । आगलागीबाट विस्थापित खोटाङका दुई परिवारलाई खाद्यान्न, त्रिपाल र ओढ्ने ओछ्याउने कपडा प्रदान गरिएको छ । 

गत मङ्सिर ३ गते केटाकेटीले खेलाउँदा सल्किएको आगोले घर तथा बन्दोबस्तीका सामान जलेपछि बिस्थापित बनेका दक्षिणी गाविस सुन्तले–८ का ललितबहादुर मगर र पदमबहादुर मगरको परिवारलाई ३० केजीको एक÷एक प्याक चामल, पाँच÷पाँच थान त्रिपाल, चार÷चारवटा डसना र पाँच÷पाँचवटा ब्ल्याङ्केट प्रदान गरिएको हो । 

आगलागीबाट बिचल्लीमा परेका परिवारलाई काँग्रेस महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईको नेतृत्वमा काँग्रेस नेता तथा कार्यकर्ताले गाउँमै पुगेर राहत सामग्री हस्तान्तरण गरेको स्थानीय शिक्षक अर्जुन मगरले बताउनुभयो । उनीहरुलाई काँग्रेस नेताको टोलीले थप एक÷एक थान सोलार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 

पदमबहादुरको गोठ नजिकै थुपारिएको परालबाट सुरु भएको आगोले आँगन जोडिएका दुवै घर जलेका थिए । आगलागीमा ललितबहादुरको ४० तोला चाँदी, २५ हजार नगद तथा घरमा भएका सबै सामान जल्दा रु १५ लाख ४८ हजार र पदमबहादुरको नगद रु १० हजार र घरभित्र भएका सबै थोक जल्दा रु ११ लाख ८९ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!