खोटाङको समिक्षालय हल बाहिरको शौचालय अब्यवस्थित

Posted on: 18 Feb, 2018

चिसाङ शेर्पा | फागुन ६, खोटाङ | जिल्ला समन्वय समितिको पुरानो हलको बाहिर रहेको शौचालय अब्यवस्थित बनेको छ । जिल्लाका सरकारी कार्यालय, विभिन्न संघसस्थाले राजनीतिक, सांगितिक कार्यक्रम गर्नका लागि प्रयोग गरिने हलको शौचालय अव्यवस्थित बन्दा कार्यक्रममा आएका अतिथि तथा सहभागीलाई शौचालय प्रयोग गर्न समस्या भएको छ ।

जिल्लामा प्रायः भईरहने कार्यक्रमहरु समिक्षालय हलमा नै हुने गरेको छ । तर, समन्वय समितिको शौचालय डुङडुङती गनाउने गरेको छ । शौचालय अत्याधिक गन्हाउने, ढोका र शौच गर्नका लागि बनाईएका भौतिक संरचनाहरु समेत अब्यवस्थित हुंदै गएका छन् । मुख्यतः शौचालयमा पानिकै समस्या भएको देखिन्छ ।

जिल्ला समन्वय समितिको समिक्षाहललाई घेराबार गरिएको काँडेतार भत्केका र चुंडेका छन् । चुंडिएका घेराबारका नजिक रहेको शौचालयमा हाल हलमा कार्यक्रम हुनुको अन्य दिनमा समेत अन्यले प्रयोग गर्ने गर्दा अब्यवस्थि बनेको हो ।

दुईकोठे शौचालयको पुरुषले प्रयोग गर्ने शौचालयभित्र हाल तीनचार वटा ढुंगा, पान पराग खाई थुक्ने, फाल्ने ठाउँ भएको छ । त्यही भएको शौचालय प्रयोग गर्नका लागि पनि टेलिफोनको तार, छेकबारको तारहरु लतारिएको छ । समिक्षालय हलमा दुई स्थानमा शौचालय छ । हलभित्र रहेको शौचालय भने जसोतसो प्रयोग गर्न लायक रहेको छ ।  

जिल्ला समन्वय समिति संयोजक बबि चाम्लिङका अनुसार आफ्नो मातहतमा भएको भौतिक संरचनामा जथाभावी हुंदा जिम्मेवारी लिनैपर्ने बताउदै जिल्ला समन्वय अधिकारी राजन कुमार बिसिलाई उक्त समस्या समाधान गर्न तत्काल निर्देशन दिने बताए ।

कार्यक्रमका लागि हल प्रयोग गर्ने संघसंस्थाहरुले सरसफाई गरीदिए सबै कुराको जतन हुने राईले बताए । आगामी दिनमा हल प्रयोग गर्ने जो कोहीले भौतिक संरचना तथा अन्य स्थानमा फोहोर गर्न नपाईने उहाँको भनाई छ ।  

माथिको तश्विरमा: समिक्षालय हलको अब्यवस्थित शौचालय ? तस्बिर: चिसाङ शेर्पा

यस बिषयमा तपाइको प्रतिक्रिया...!