खोटाङमा आगलागीबाट पन्ध्र लाखको क्षति

Posted on: 13 Mar, 2018

फागुन २९, खोटाङ | भान्छा कोठाबाट सल्किएको आगोले घर जल्दा रु पन्ध्र लाखको क्षति भएको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका बकसमणि राईको घरमा आगलागी हुँदा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । 

घरमा कोही नभएको समयमा सोमबार राति आगलागी हुँदा तीन तले घर तथा घरमा राखिएको नगद रु ५० हजार, बिक्री गर्न राखिएको छ मन अलैँंची, अन्नपात, लत्ताकपडा, भाँडाकुडा र काठपात जलेर नष्ट भएको स्थानीयवासी हर्कराज राईले जानकारी दिनुभयो । 

स्थानीयवासीले करिब तीन घण्टापछि आगो निभाएका थिए । अहिले राई परिवारको बिचल्ली भएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!