खोटाङ्गमा युवती करणी गरेको आरोपमा एक युवक पक्राउ

Posted on: 09 Aug, 2018

चिसाङ शेर्पा | साउन÷२४ खोटाङ | खोटाङमा युवतीलाई जर्वजस्ती करणी गर्न खोजेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–६ ईन्द्रेंणीपोखरी (साविक ९)का प्रमेश भनिने ३७ वर्षीय पर्शुराम विष्ट पक्राउ परेका हुन् ।

साउन २० गते राती आफ्नो हजुरआमा आइतीमाया राईको जुठो बार्ने क्रममा साथीहरुसँगै बसेर सुतेकी १९ वर्षीय युवतीलाई राती दुईबजे उठेर जर्बजस्ती गरेको आरोपमा विष्टलाई बिहान सिमपानी प्रहरीले पक्राउ गरेको थियो ।

जुठो बार्नेहरुलाई सुत्नका लागि बनाइएको त्रिपालमूनी जुठो बार्न बसेका युवतीको पुरुष आफन्तसँगै सुतेका विष्टले त्यही त्रिपालमूनी हजुरआमाको जुठो बार्न बसेकी युवतीलाई निदाएको मौका छोपी जर्बजस्तीको प्रयास भएको र युवती चिच्याउँदा आफूहरुले थाहा पाएको युवतीका दाई उदय राईले जानकारी दिए ।

युवतीलाई जर्बजस्ती गर्ने पुरुष बिरुद्ध पिडित पक्षले बुधबार निजउपर जाहेरी दिएको र निज विष्टलाई जर्बजस्ती करणी उधोगमा मुद्धा दर्ता गरी कानुनी कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका प्रहरी नायब निरिक्षक मनोज यादबले बताए । यादवका अनुसार पिडकलाई पिडितको उमेर अनुसार साढे दुई वर्षदेखी चार वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!