टुहुराटुहुरी वालवालिकालाई उपमेयर राईले गरिन्- वीस हजार आर्थिक सहयोग

Posted on: 13 Oct, 2018

चिसाङ शेर्पा | असोज २७, खोटाङ | खोटाङमा सातजना टुहुराटुहुरी वालवालिकालाई उपमेयरले आर्थिक सहयोग गरेकी छन् । हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले आमाबुवा दुवै गुमाएका धितुङका टुहुराटुहुरी वालवालिकालाई २० हजार वढी अािर्थक सहयोग गरेकी हुन् ।

गत साउन १८ गते अचानक करेण्ट लागेर ज्यान गुमाएका बुबा चन्द्र किरात र गर्भपतन गराउने क्रममा २०७३ भदौ १९ गते आमा टलकुमारी राईको मृत्यु भएपछि बिचल्नीमा परेका टुहुराटुहुरी वालवालिकालाई आफुले राज्यवाट पाउने महिना दिनको सेवा सुविधा अन्तगरगत २० हजार १ सय २० रुपैयाँ आर्थिक सहयोग गरेको उपमेयर राईले जानकारी दिईन् । उनले धितुङका वडाध्यक्ष पृथ्वीराज राईको रोहवरमा वालवालिकालाई आर्थिक सहयोग गरेकी हुन् ।   

एकवर्ष अघि जिल्ला अस्पताल दिक्तेलमा गर्भपतन गराउने क्रममा चिकित्सकको लापारवाहीले आमाको ज्यान गएपछि बुवाको साहारमा बस्दै आएका २ छोरा ५ छोरीलाई बुवाले पनि छोडेर गएपछि वालवालिका बेसाहारा बनेका थिए । घरकी जेठी छोरी १६ वर्षीय बुङातुङ राईले आफ्ना भाईवहिनीहरुलाई पालनपोषण गरिरहेकी छन् । दशैको मुखमा सहयोग पाउदा टुहुराटुहुरी वालवालिका हर्षित भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!