खोटाङमा विद्युत सेवा अवरुद्ध

Posted on: 26 Mar, 2019

चैत्र १२, खोटाङ | खोटाङमा विधुत अवरुद्ध भएको छ । सोमबार राती वर्षासँगै आएको हावाहुरीका कारण विधुत अवरुद्ध भएको हो । 

उदयपुरको टपन र दियालो भन्ने जंगलको वीचमा रुख लडेर विधुत अवरुद्ध भएको हुनसक्ने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले बताए । संम्भावित स्थलमा प्राविधिक खटाइ सकिएको छ । विधुत अवरुद्ध हुंदा खोटाङसहित छिमेकी जिल्ला ओखलढुंगाका सेवाग्राही मर्कामा परेका छन् । खोटाङमा १२ हजार ८ सय ८ जना यसका ग्राहक छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!