खोटाङमा बाढीले पोल बगाउँदा विद्युत अवरुद्

Posted on: 12 Jul, 2019

चिसाङ शेर्पा असार २७,  खोटाङ | विहीबार राती र शुक्रबार विहान परेको भारी वर्षासँगै आएको बाढीले पोल बगाउँदा खोटाङमा विद्युत अवरुद्ध भएको छ । 

भारी वर्षापछि उदयपुरको त्रियुगा खोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी विद्युत प्रशारणलाईनको एकवटा पोल बगाउँदा जिल्लामा विद्युत ठप्प भएको हो । 

त्रियुगा खोलामा बाढीको बहाव नघटेका कारण अर्को पोल राख्नमा ढिलाइ भइरहेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रामदिनेश राय यादवले बताए ।

 खोलामा वहाव नघटेसम्म अर्को पोल राख्न नसकिने भएकाले विद्युत सुचारु गराउन समय लाग्ने प्रमुख यादवले जनाएको छ । विद्युत  ठप्प हुँदा जिल्लामा विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार व्यवसायसहित १२ हजार ८ सय ८ जना भन्दा बढी ग्राहक अध्याँरोमा बस्नु परेको छ । वर्षाका कारण पहिरो जाँदा जिल्लाकै लेक्पा, छोरम्बु, चिप्रीङ लगायतका ठाउँमा पोल ढालेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!